Logo

दम्पतीले दुई बच्चासहित त्रिशुलीमा हा’मफा’ले, हा’मफा’ल्नुको र’ हस्य यस्तो…

काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशुली न’दिमा हा’मफालेका छन् । घ’टनामा श्रीमानको उद्धा’र गरिएको छ भने श्रीमती जमुना रेग्मी (लामिछाने) को मृ’त्यु भएको छ साथै दुई नाबा’लक बेप’त्ता भएका छन् ।

माघे संक्रान्ती मनाउन गोरखाको घ्याल्चोक गएका उनीहरु काठमाडौंस्थित घर फर्कने क्रममा बिहिवार साँझ ६ः३० बजेको धादिङको बेनिघाटस्थित बाँदरे भन्ने स्थानमा रहेको झोलुङ्गे पुलबाट दुई नाबालक बच्चा लिएर नदिमा हा’म’ फा’लेको प्रत्यक्षदर्शीलेे बताए ।

नदिमा हाम’फाले लगत्तै प्रत्यक्षदर्शीले प्रहरीलाई खवर गरेपछि स्थानीय र्याफ्टिङ गर्ने समुह लिई प्रहरीले बिनयलाई जीवित उद्धार गर्न सफल भएपनि जमुनाको भने मृ’त्यु भइ’सकेपछि श’व फेला पारेकोे छ । घटनामा २ वर्षीय र ६ महिने बालक बे’पत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उद्धार गरिएका अन्दाजी ३८ बर्षिय श्रीमान बिनयलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

आत्मह’त्या गर्नुपर्ने स्पष्ट कारण खुलेको छैन । यद्यपि जमुनाले फेसबुक स्टाटसमा लेखे अनुसार मिटर ब्याजमा रकम लिएको र सोको ब्याज र साँवा भुक्तानी गर्न रकमधनीले दवा’व दिएपछि सामू’हिक आ’त्मह”त्या गरेको हुनसक्ने अनुमान गरिएको छ । जमुनाले चलाएको फेसबुकमा गत जनवरी ४ मा थानकोटमा नयाँ डिएसपी आएको मिटरब्याजमा ऋण दिएर ब्याज तिर्न नसक्नेलाई मर्न बा’ध्य बनाउने गि’रोहलाई कारवाही गर्न माग गरेकी थिईन् । उनले ब्याजका अपरा,धीको द’वाव थेग्न नसकेपछि कारवा’ही हुने आशामा त्यस्तो स्टाटस राखेका हुनसक्ने प्रारम्भिक अनुमान गरिएको हो ।

मकवानपुरका चित्लाङमा जन्मेमा लामिछाने हाल चन्द्रागिरी नगरपालिका अन्तर्गत थानकोटमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्