Logo

आस्था राउतको भाइरल भिडियोले प्रहरीमा खैलाबैला, माफी माग्दै भनिन् रिसको आवेगमा वेद पढिदैन् (भिडियो सहित)

चर्चित गायिका तथा “द भ्वाइस अप नेपाल” सिजान २ कोच समेत रहेकी गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ?’ भन्दै आस्थाले प्रश्न माथि प्रश्न गरेकी छिन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले आरोप लगाएकी हुन् । भद्रपुर विमानस्थलमा रमिता नामक महिला प्रहरीले आफूमाथि असभ्य व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै आक्रोश पोखेकी छिन् । अनलाइनटिभी नेपालले तयार पारेको यो भिडियो हेर्नुहोस :

यतिबेला राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । भरतपुर ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन । भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । प्रहरी हाम्रो साथी भन्ने स्लोगन समेत हटाउन राउतले बताएकी छन् ।

यता, प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियो आफूले नि हेरेको र छानविन प्रक्रिया सुरु भइसकेको बताए । उनले भने, ‘प्रहरीलाई गाली गलौज गरेको भिडियो देखेपछि छानबिन समिति गठन भइसकेको छ ।’ सामाजिक सञ्जालमा चर्को आ’लोचना भएपछि गायिका राउतले माफी मागेकी छन् । ‘रि’सको आवेगमा वेद पढिदैँन्, मलाई पनि त्यस्तै भयो,’ गायिका राउतले मा’फी माग्दै भनेकी छन्, ‘शब्दहरुको लागि क्षमा चाहन्छु ।’ अनलाइनटिभी नेपालले तयार पारेको यो भिडियो हेर्नुहोस :

 

प्रतिक्रिया दिनुहोस्