Logo

आस्था राउतलाई महिला प्रहरीको मार्मिक चिट्ठी ! आँखाभरि आँसु….

आस्था राउतले एयरपोर्टमा गरेको हर्कतले अहिले नेपाली मिडिया तातिएको छ । अस्था राउत प्रकरणमा उनले महिला प्रहरीमाथि गरेको व्यवहार गरेको भिडियो सिसि टिभीमार्फत बाहिरिएपछि उनलाई सामाजिक संजालमा गाली गर्नेको वर्षा भएको छ ।

 

आफुमाथि दु’र्व्यवहार भएको भन्दै भिडियो सार्वजनिक गरेपछि उनीमाथि बिमानस्थलमा खटिएकी महिला प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अ’भद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । यस बिषयलाई लिएर आस्था राउतलाई उद्दृत गर्दै एक महिला प्रहरीले चिट्ठीमार्फत पेचिलो ब्यङ्ग गरेकी छिन् । ती महिला प्रहरीले गायिका आस्था राउतको नाममा लेखेको चिट्ठी यस्तो छ ।

बैनी,
गाह्रो छ- तिमीलाई पनि हामीलाई पनि !

तिमीले मलाई ‘डन्ठिनी’ भन्यौ, हेर त, तिमीलाई ‘डंकिनी’ भन्ने अर्को जमात तयार भइसक्यो !
गाह्रो छ नि बैनी- सबथोक सहन अनि सबथोक झेल्न !

थाहा छ बैनी ? तिमी स्टेज चढिरहेको बेला उन्मत्त भिड सम्हाल्ने केही ‘डन्ठिनी’ हरू तिमी सँग फोटो मात्र खिच्न पाए आफ्नो जीवनको एक हिस्सा सफल भएको महसुस गर्छन् !

हाम्रो विभागीय संरचना नै अलि निर्मम छ- हाकिमहरूले आफू भन्दा तल्लालाई तपाई भनेर विरलै बोल्छन् ! अझ हामी महिलाहरूलाई त झनै हेप्छन् ! त्यसको प्रभाव धेरै थोरै ममा पनि होला । आवेगमा त्यो प्रभावको प्रादुर्भाव तिमी माथि पर्न गयो होला !

तर,

तिमी त देशका गीत गाउने,चेलीका गीत गाउने,गुन्यू चोलीका गीत गाउने र मनोरञ्जन जगतकै प्रतिष्ठित कुर्सी सम्हालेको दाबी गर्ने शिक्षित,सभ्य र सहरिया घरानाकी नारी, तिमीले लगातार दश मिनेट आफ्नो ‘आपा’ हराउनु चाहिँ हुँदैनथ्यो बैनी !

सोंच त तिमी र म दुवै छोरी हौँ । दुवै आमा पनि हौँ । आमाले जे सिकायो सन्तानले त्यही सिक्ने हो । हेर त- तिमीले बोलेका शब्दमा तिमीले माफी मागिसक्दा पनि एउटा ठुलो जमातले ‘डन्ठिनी’ लाई ठिकै गर्‍यौ भनिरहेका छन् ! के सिक्यो जगतले ?!

आस्था हरायो भने संसार रहँदैन,सम्बन्ध रहँदैन,संरचना रहँदैन ! र त्यो आस्था पद,पैसा र प्रतिष्ठा सँग जोडिनु हुँदैन । आजका प्यूसाहरू भोलि ढाडी हुन्छन् । आजका प्यूपाहरू भोलि पुतली बन्छन् । समय सधैँ एकै व्यक्तिको मुट्ठीमा अडिँदैन बैनी ! अहङ्कारले अँध्यारो तर्फ लैजान्छ !

म अझै पनि तिम्रो पहराको लागि खटिनेछु- भिड तिम्रो पछि लागोस्, सफलताले तिमीलाई पछ्याओस् म सुस्तरी तिम्रो खुसीको कामना गरिरहनेछु । मात्र म प्रतिको दृष्टिकोण तिमीले बदलिदिनू, ताकि तिमी प्रति म फेरि एउटा दरिलो आस्था उमार्न सकूँ !

प्रतिक्रिया दिनुहोस्