Logo

अन्तत : सिसी टिभी फुटेज हेरेपछि बोले प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल, आस्था राउतकै गल्ति ……(भिडियो सहित)

चर्चित गायिका तथा “द भ्वाइस अप नेपाल” सिजन २ कि जर्ज समेत रहेकी गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दु’र्व्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत लाइभ आएकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ। १० मिनेट ३१ सेकेन्डको भिडियोमा उनले प्रहरीलाई अपशब्द प्रयोग गरी गा’लीग’लौज गरेको जिकिर गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको आज सिसी टिभी फुटेज नै सार्वजनिक भयो।

‘फुटेज’ मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिन्छ। सिसी टिभी फुटेजमा महिला प्रहरीले सुरक्षा जाँचका बेला कुनै दु’र्व्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए। राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

यस विषयमा महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरणसहित जानकारी गराइन। उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुपर्‍यो, म गायिका हो, चिन्नु भएन?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेको फुटेजमा उल्लेख रहेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताएकी छिन्। राउतलाई बोलाएर सोधपुछ गर्ने अवस्था देखिएको भन्दै उहाँले महिला प्रहरीबाट कुनै दु’र्व्यवहार नभएको जिकिर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्