Logo

शनिबारको दिन यी भगवानको पूजा गर्नुहोस्, मनोकांक्षा पूरा हुनेछ !

काठमाडौं – शनिबारको दिनलाई निकै राम्रो दिन मानिन्छ । शनिबार धेरै मानिसहरु मन्दिरमा दर्शन गर्न जाने गर्छन् । यस दिन भगवान शनिदेवलाई मान्ने गरिन्छ । यदि तपाईंको शनिको दशा चलिरहेको छ भने शनिबार मन्दिरमा शनिदेवको पूजा गरी शान्त रहन सकिन्छ ।

त्यस्तै यस दिन हनुमान तथा काली माताको पुजा गरेमा पनि राम्रो फल पाइन्छ । यस दिन शनिदेवका साथै भगवान रुद्रको पूजा पनि गरिन्छ । यस दिन कालो रंगको कपडा लगाउनु राम्रो मानिन्छ । त्यस्तै कालो वस्तु गरिबलाई दान गरेमा पनि राम्रो फल पाइन्छ । यस दिन शनिदेवलाई खुशी पारेमा सोचेका काम पुरा हुने बिश्वास पनि छ ।

प्रतिक्रिया दिनुहोस्