शनिबारको दिन यी चीजहरु नखानुस् , नत्र जीवनभरि कष्ट भोग्नुपर्ला !
काठमाडौं – शनिबारको दिनलाई धर्मशास्त्रमा निकै महत्वपुर्ण मानिन्छ । धर्मसास्त्र अनुसार यस दिन गरेको कार्यहरु सफल हुने बिश्वास पनि गरिन्छ । विज्ञानको जति नै विकास भएपनि धर्मशास्त्र मान्नेहरु धेरै भएकाले शनिबारको दिन नै मानिसहरु भगवानको दर्शन गर्न मन्दिरमा जने गर्छन् ।
शनिबार शनि देवको दिन भएकोले यस दिन शनि देबको पनि पुजा गरिन्छ । हिन्दु धर्मावलम्बीहरुले शनि देवलाई निकै मान्ने गर्छन् । शनिदेबलाई न्याय प्रेमी देवताको रुपमा मानिने गरिन्छ । यस दिन कुनै चिज खाँदा पनि शुभ र अशुभ मानिन्छ । । धर्मशास्त्र अनुसार शनिबार केही चिजहरु खान नहुने , खाएमा शनिदेव रिसाउने धार्मिक विश्वास छ । शनिबारको दिन माछा, मासु तथा अन्य मांसाहारी खानेकुरा खानु हुदैन ।
यस दिन माछा मासु खाएमा शनि ग्रहमा नकारात्मक असर पर्छ । शनिबारको दिन सादा दुध वा दहिको सेवन गर्नु हुदैन । यस दिन दुधमा मह वा चिनी मिसाएर खान चाही हुन्छ । यस दिन रक्सी सेवन गर्नुहुदैन , सेबन गरेमा अशुभ फल मिल्ने बिश्वास रहेको छ । शनिबारको दिन काचो आप पनि खान हुदैन । यस दिन मसुरोको दाल खान हुदैन । अन्य चना र मासको दाल भने खान हुन्छ । रातो खुर्सानी पनि खानु हुदैन ।