Logo

फेरी हेटौंडामा मृत भेटिइन् युवती, श्रीमान् पक्राउ

मकवानपुरको हेटौंडामा आइतबार बिहान एक युवतीको शव फेला परेको छ। हेटौंडा १८ दियावतीकी २५ वर्षीया मीना अधिकारीको शव घर नजिकै एक्लेखेतमा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा रगत देखिएको हुँदा उनको हत्या भएको हुनसक्ने प्रहरी निरीक्षक लगनप्रसाद कुर्मीका आशंका गरे।

प्रहरीले मृतक अधिकारीको श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कर्मीले बताए। यसअघि शनिबार पनि हेटौंडामा एक युवतीको शव फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्