Logo

काठमाडौंमा भयो अचम्मकै चोरि ! तपाईको होस् उड्छ थाहापाउनु भयो भने ?

काठमाडौंको गोंगबुस्थित बिग मार्ट (डिपार्टमेन्टल स्टोर)को सेफ तोडेर रकम चोरी गर्ने २ जनालाई प्रहरी समातेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ घर काठमाडौंको टोखा–१० बस्ने बिग मार्टकै कर्मचारी बिशाल गुरुङ र उनका साथी बागलुङ घर भइ काठमाडौंको टोखा–८ बस्ने २३ वर्षीय दीपक पुन छन् । बिशालले आफ्ना साथी दीपकको मद्दतमा शनिबार राति आफू कार्यरत गोंगबुस्थित बिग मार्टको सेफ तोडेर ५ लाख ३१ हजार रुपैयाँ लुटपाट गरेका थिए । ‘सीसीटीभी क्यामेरामा टेप टाँसेर पसलको सेफ तोडेर नगद र रिजार्च कार्ड गरी ५ लाख ३१ हजार १ सय रुपैयाँ बराबरको लुटपाट गरेको देखिएको छ,’ महानगरीय प्रहरी प्रभाग गोंगबु (नयाँ बसपार्क)का प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष कुमार दाहालले खबरहबसँग भने ।

इन्सपेक्टर दाहालका अनुसार उनीहरुले ५ लाख ७ हजार रुपैयाँ नगद र २४ हजार १ सय रुपैयाँ बराबरको रिजार्ज कार्ड चोरी गरेका थिए ।‘शनिबार राति लुटपाट भएको देखिन्छ । आइतबार बिहान पसल खोल्दा सेफ तोडिएको देखेपछि त्यहाँका कर्मचारीहरुले हामीलाई खबर गरेका थिए,’ इन्सपेक्टर दाहालले भने, ‘बिग मार्टमै कार्यरत विशाल तामाङ पछिसम्म पसलमा बसेको देखिएकाले हामीले उनकै कोठामा गएर खोजी ग¥यो । कोठामा खानतलासी गर्दा लुटिएको रकम फेला परेको छ ।’ इन्सपेक्टर दाहालले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्