Logo

दक्षिणकाली माताको दर्शन गरि भोलि माघ ०६ गते सोमबारको राशिफल पढ्नुहोला, भेटि स्वरूप एक एक शेयर गरौँ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर, परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा आफन्तको सहयोग जुट्न सक्छ । ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीयजनसँग भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पति पत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जीवन साथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यमा बाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पठन पाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउने छन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घर खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ । आफन्तबाट टाढिनुपर्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्