ताप्लेजुङको पाथीभरा मन्दिरमा १६ हजार किलो तामाको द्वार !


ताप्लेजुङको पाथीभरा मन्दिरमा १६ हजार किलो तामाको द्वार ! पाथिभरा मन्दिरमा तामा मात्र प्रयोग गरेर स्वागत*द्वार बनाइएको छ । भक्तजनको सामग्री, भक्तजनकै लागि भन्ने उद्देश्यले स्वागत*द्वार निर्माण गरिएको हो । ताप्लेजुङको पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा निर्माण गरिएको

स्वागत*द्वार । पाथीभरा मन्दिरमा भक्तजनले चढाएको तामाका माना, पाथी, त्रिशूल, दियोजस्ता सामग्री*लाई उजिल्याएर द्वार निर्माण गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले बताए । पाटनका राजन शिल्पकारद्वारा बनाइएको द्वारमा १६ हजार किलो तामा प्रयोग भएको छ । निर्माण समितिका संयोजक सुरेश लिम्बूका अनुसार पाथीभराको उत्पत्ति कथा झल्कने गरी द्वार निर्माण गरिएको छ ।

यो पहिला सयौंको संख्यामा भेडाको गोठ राख्ने क्षेत्र हो । गोठ*हरू अहिले पनि राखिन्छन् । द्वार निर्माणमा २४ लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ । यो रकम ढुवानी र कला भर्न बढी रकम लागेको उनले बताए । मन्दिर*बाट तामाका सामग्री काठमाडौं पुर्‍याएर त्यस लाइ उजिल्याएर पाता-पाता बनाएर ल्याएर जडान गरिएको हो ।

पाथीभरा जाने तीर्थयात्रीका लागि तामाको द्वार फोटो खिचाउने आकर्षण बनेको छ । यसअघि मन्दिर, कञ्चनजंघा, कुम्भकर्ण, मकालु लगायतका हिमशृंखलासँगै तस्बिर लिने*हरूले अहिले स्वागतद्धारप्रति आकर्षित भएका छन् ।