Logo

यस्तो पनि भयो: राति १० बजे घरको बाटो बिर्सिए भन्दै श्रीमतीलाई फोन गरेका घिमिरे मृ’त अवस्थामा फेला परे !

विराटनगर – विराटनगर–२ का ५० बर्षीय प्रवल घिमिरे शं’कास्पद अवस्थामा मृ त भेटिएका छन । पेशाले लेखापरीक्षक तथा नेपाल अडिटर्स एशोसिएशन मोरङका कोषाध्यक्ष समेत रहनुभएका घिमिरेको श व मंगलबार विहान विराटनगरस्थित सिंघीया खोलामा भेटिएको हाे । सोमबार राति साढे १० बजेपछि सम्पर्क विहीन हुनुभएका घिमिरेको श व विराटनगर २ को सिंघीया खोलाको पानीमा तैरिरहेको अवस्थामा भेटिएको आफ्न्तजनले बताएका छन । यो समाचार नेपाल समाचार पत्रमा छ ।

सोमबार दिनभरि कामको सिलसिलामा कर कार्यालयमा समय ब्यतित गर्नुभएका घिमिरे साँझ ६ बजेपछि पार्टी खान भन्दै साथीहरुसँग निस्किनुभएको जनाइएको छ । विराटनगरकै एक होटलमा साथीहरुसँग पार्टी खानुभएका घिमिरे त्यसपछि साथीकै कारमा रातको साढे १० बजे गोल्छाचोकसम्म आएको र त्यहाँ उत्रिएको जनाइएको छ । त्यसको केहि समयपछि नै आफुले घरको बाटो बिर्सिएको भन्दै श्रीमती मुना घिमिरेलाई मोबाईलबाट कुरा गरेको आफ्न्तले बताएका छन ।

घरमा खबर पुगेपछि श्रीमती घिमिरे छोरासहित उहाँलाई खोज्न तिनपैनी चोक पुगेको तर नभेटिएपछि फोनगर्दा मोबाईल अफ भेटिएको बताइएको छ । घिमिरे नभेटिएको र मोबाईल पनि अफ भेटिएपछि प्रहरी प्रशासन र छरछिमेकको सहयोग लिएर अबेर रातसम्म खोजतलास गर्दासम्म नभेटिएको तर बिहान हनुमान मन्दिर छेउको पुल नजिकको २० मिटर दक्षिणपुर्व खोलामा श व तैरिरहेको अवस्थामा भेटिएको जनाइएको छ ।

सो बिषयमा जानकारी दिनुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले घटनाको बिषयमा पीडित पक्षबाट छानबीनका निम्ति निवेदन परेको बताउनुभयो । उहाँले तत्कालका लागि मृ तकको श व पोष्टमार्टम गरि आफ्न्तजनलाई जिम्मा लगाइसकिएको र अनुसन्धान जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्