Logo

महरा जेल गएपछि अर्जुन लामाका हत्या आरोपी अग्नि सापकोटा सभामुख बन्दै, अग्नि प्रहरीको फ्रहार सूचिमा…(हेर्नुहोस् भिडियो)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्रीसमेत रहनुभएका अग्नि सापकोटालाई माघ १२ गते हुने सभामुखको उम्मेद्धार बनाएको छ । अग्नि सापकोटाको मुख्य योजनामा काभ्रेका अर्जुन लामाको अपहरण पछि हत्याको आरोपमा सर्वोच्चमा मुद्धा विचाराधिन छ । २०६८ सालदेखि विचाराधीन मुद्दामा अन्तिम सुनुवाई चलिरहेका बेला उनको नाम सभामुखका लागि सिफारिस भएको हो। द्वन्द्वकालमा विद्यालय व्यवस्थापन समितिको विवादमा काभ्रेका अर्जुन लामाको तत्कालीन विद्रोही नेकपा (माओवादी)ले अपहरण गरी हत्या गरेका थियो। चन्दा नदिएको, सुराकी गरेर र माओवादीलाई अटेर गरेको भन्दै उनको हत्या भएको थियो। हत्यापछि लामाकी श्रीमती पूर्णिमाया लामाले सापकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। लामाकी श्रीमती पूर्णिमायाले सापकोटा र दोङसहित माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानले हत्या गरेको किटानी जाहेरी दिएकी थिइन्।

हालसम्म प्रहरीले गरेको अनुसन्धान अनुसार अनुसन्धान अधिकृत तोक्ने, कृष्ण माविका शिक्षकहरूसँगको बकपत्र लिने काम भएको विवरण सर्वोच्चलाई उपलब्ध गराएको छ। शिक्षकहरू शिवनारायण यादव, भीमबहादुर तामाङ, मुकुन्दप्रसाद अधिकारी र राधेश्याम श्रेष्ठसँग बकपत्र लिने काम भएको विवरण सर्वोच्चलाई प्रहरीले उपलब्ध गराएको छ।

पुस २५ गते संवैधानिक इजलासमा नेकपा नेता अग्नि सापकोटाको मुद्दामा अन्तिम सुनुवाइ हुने पेसी एक साता अघि नै तय भएको थियो। पुस २५ गते सुनुवाइमा रहेको मुद्दा स्थगित हुँदै माघ २२ गते सुनुवाई हुने भएको छ। वि.सं. २०६८ असार ६ गते सापकोटासहितका नेताविरुद्धको मुद्दाले सर्वोच्चमा प्रवेश पाएको हो। ८ वर्षभन्दा बढी समय बितिसके पनि यो मुद्दाको अन्तिम किनारा भने लाग्न सकेको छैन। तत्कालीन समयमा सापकोटा सूचना तथा सञ्चारमन्त्री थिए।

व्यक्ति हत्याको आरोप लागेको व्यक्ति सूचना तथा सञ्चारमन्त्री हुन नसक्ने जिकिर गर्दै कनकमणि दीक्षितसहितले अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए।उक्त मुद्दामा सर्वोच्चले २०७० असार १९ गते फाइल मगाउने आदेश दिएको थियो।उक्त मुद्दा विचाराधीन रहेकै समयमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते अर्को मुद्दा दायर गरिन्।काभ्रे जिल्ला प्रहरी कार्यालयमा विचाराधीन किटानी जाहेरीमा अनुसन्धान नभएको भन्दै उनले त्यसका लागि आदेश हुनुपर्ने माग गरेकी थिइन्। सापकोटासहित अन्यलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नु भन्ने माग उनले रिटमा गरेकी थिइन्। सापकोटा र पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायतका नेताविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेलसमेत ८ जनाले दायर गरेको निवेदन प्रधानन्यायाधीशसहित ५ न्यायाधीश हुने संवैधानिक इजलासमा विचाराधीन छ।

तत्कालीन नेकपा माओवादीका प्रवक्तासमेत रहेका तथा पूर्व सूचना तथा सञ्चारमन्त्री सापकोटा ‘हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकीर गर्दै २०६८ असार ६ गते कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए। यो सापकोटा विरुद्धको पहिलो अवहेलना मुद्दा थियो। २०६९ मंसिर ११ गते न्यायाधीश वैद्यनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेपछि उक्त मुद्दामा सुनुवाइ हुन सकेको छैन। यसअघि सर्वोच्चले लामा हत्या प्रकरणमा १५–१५ दिनमा प्रतिवेदन बुझाउने आदेश जारी गरेको थियो।

न्यायाधीशद्वय रामकुमारप्रसाद साह र प्रकाश वस्तीको संयुक्त इजलासले प्रत्येक १५र१५ दिनमा अनुसन्धानको प्रगति विवरण महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनेको थियो। हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्