Logo

पाथीभरा माताको दर्शन गरि ॐ लेखी आज माघ ०९ गते बिहिबारको राशिफल पढ्नुहोस र भेटी स्वरुप एक सेयर गरौ तपाई लाई लाभ मिल्नेछ।

आज वि.सं.२०७६ माघ ०९ गते बिहीबार तदनुसार ईश्वी सन् २०२० जनवरी २३ तारिख, नेपाल संवत् ११४०, परिधावी संवत्सर, उत्तरायन, शिशिर ऋतु, श्रीशाके १९४१, माघ कृष्णपक्ष चतुर्दशी तिथि ४७ घडी ४१ पला रातको ०२ बजेर ०१ मिनेट उप्रान्त औंशी, नक्षत्र पूर्वाषाढा ४६ घडी २४ पला रातको ०१ बजेर ३० मिनेट उप्रान्त उत्तरषाढा, योग हर्षण ५१ घडी ०२ पला रातको ०३ बजेर २१ मिनेट उप्रान्त बज्र, करण भद्रा दिउसो ०२ बजेर ०० मिनेट उप्रान्त शकुनि रातको ०२ बजेर ०१ मिनेट उप्रान्त चतुष्पद, आनन्दादिमा धाता योग, चन्द्रराशि धनु। काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३५ मिनेट। दिनमान २६ घडी ३६ पला।

पंचांगको केन्द्रीय समयभन्दा अरु ठाँउको स्थानीय समय ५-१५ मिनट फरक हुनाले शुभलाभादि समय हेर्दा बीचको समयलाई महत्व दिनुहोला ।यदि हजुरले दैनिक रुपमा श्रीमान/श्रीमतीको अवहेलना,आमा बुवाको अपमान, अन्नको अनादर,गरीबको हाँसो उडाउने काम,परनिंदा, परस्त्री गमन,गुरु अवहेलना, इत्यादि खराब कर्महरु गर्नुहुन्छ भने त्यो कारणले पनि हजुरका राम्रा ग्रहदशा ले साथ दिदैनन।

मेष : बिहानको समय पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ। ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ। मध्यान्हबाट समय मध्यमय रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ। तरपनि लामो दुरिको यात्राको तय गर्न सकिनेछ।

बृष : भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेकोछ। नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ। सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ। दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ। बिद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाईमा मन जानेछ। बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ।

मिथुन : पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ। नया काम पाउने तथा नोकरिमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ। लक्ष्य प्राप्तीको लागि चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन्। पढाई लेखाई अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ। प्रेममा नजिक हुने समय रहेकोछ।

कर्कट : बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन्। मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ। नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेकोछ। कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ।

सिहं : बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ। पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ। मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला। माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ। समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ। सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ।

कन्या: व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ। पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन्। मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ। पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ। अदालतबाट आउँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुनाले एक किसिमको उमङग शरिरमा आउँनेछ। माया प्रेममा नजिक भई रमाउन सकिनेछ।

तुला : व्यापार व्यावसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे लाभ हुनेछ। सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ। पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसि हुँनेछन्। आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ। आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ। नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानि गर्न सकिनेछ।

बृश्चिक : बिहानको समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ। प्रतिश्पर्धिहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ। मध्यान्हबाट समय राम्रो रहेकोले व्यावसायमा लगानि बढाउदा मनग्गे लाभ हुनेछ। पढाई लेखाईमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ।

धनु : बिहानको समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ। छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ। उत्पादनमुखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ। मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ। राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्ययम रहेकोछ।

मकर : माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन्। रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन्। पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ। छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ। दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ। सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन्।

कुम्भ : व्यापार व्यापार फस्टाएर जानेहुनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ। कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउँने योग रहेकोछ। कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ। बिद्या तथा प्रतिष्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ। माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ। साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ।

मीन: आत्मबिश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै सम्पादन गर्न सकिनेछ। व्यावसाय फस्टाएर जानेछ भने व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ। निति नियम तथा कानुन अनुसार हुने फैसला तपाईकै पक्षमा हुनेछन्। पढाई लेखाई तथा प्रतिष्पर्धिमा तपाईकै नाम अग्र स्थानमा आउनेछ। माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ। बिहानको समयमा लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ।

प्रतिक्रिया दिनुहोस्