Logo

यस्तो अच्चम्मको मन्दिर जहाँ मागेको सबै पुरा हुन्छ ! जानी राखौ

लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिकामा एउटा इशानेश्वर महादेव मन्दिर छ । उक्त शिव मन्दिरमा शिवरात्रीमा ठुलो मेला लाग्ने गर्दछ । सो मन्दिरलाई सन्तानेश्वर महादेव पनि भन्ने गरिन्छ । नेपालमा इशानेश्वर एक मात्र यस्तो मन्दिर हो जहाँ रातभरी उठेर ठाडाबत्ती बाल्यो भने सन्तान प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । मन्दिरका पुजारी गोविन्द सोतीले मन्दिरमा आएर बत्ती बाल्नेहरुले सन्तान प्राप्त गरेको बताएका छन् ।

तर निकै लामो समय देखि मन्दिरमा ठाडा बत्ती बाल्ने प्रचलन रहेको भन्दै उनले अहिलेसम्म कति जनाले बत्ती बाले भन्ने तथ्यांक नभएको उल्लेख गरेका छन् । इशानेश्वर महादेव क्षेत्र विकास समितिले अहिले भने ठाडाबत्ती बालेर जन्मेका सन्तानको तथ्यांक संकलन गर्न सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्