Logo

बिहिबारको दिन भुलेर पनि अरुलाई पैसा सापटी दिनुहुदैन ! जानी राखौ

कुनै नयाँ कार्य गर्दा हामिले एकपटक सोचबिचार गरेरै गर्नु राम्रो हुन्छ । जे कार्य पनि हतारमा गर्दा कार्य सफल नहुन सक्छ । त्यसैले कुन बार कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा हामिलाई थाहाँ हुनु जरुरी छ । बेलैमा कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा जानकारी भएमा आइपर्ने समस्याबाट सजिलै छुटकारा पाउँन सकिन्छ ।

बिहिबार पनि धार्मिक दिन भएकोले यस दिन गरेका केहि कार्यहरु सफल हुने गर्छन् । तपाईले अनावश्यक खर्चका कारण पैसा बचाउन सक्नु भएको छैन भने बिहीबार यस्ता कार्य गरेमा खर्च कम हुने गर्छ ।

बिहिबारलाई गुरुबार भनिने हुनाले गुरुको कृपा हुने ब्यक्तिलाई कहिले पनि पैसाको कमि हुदैन। हरेक बिहिबार स्नान गरी घी को दीप बालेर भगवान बिष्णुको पुजा गर्नु धेरै नै राम्रो हुन्छ । यस दिन साँझ केराको बोटमा दीपक जलाएर बेसनको मिठाई चढाउनु र कसैले पैसा माग्न आएमा नदिनु राम्रो हुन्छ । बिहिबार पैसा दिएमा तपाइको आर्थिक समस्या पैदा हुन्छ। यस दिन दिएको पैसा फिर्ता आउदैन ।

प्रतिक्रिया दिनुहोस्