Logo

खुशीको खबर : टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल सिधै छानियो !

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२१ मा भारतमा हुने टी-२० विश्वकप छनोट प्रतियोगिताको छनोट प्रक्रिया सार्वजनिक गरेको छ। १६ टिमबीच हुने सन् २०२१ को टी-२० विश्वकपका लागि सन् २०२० को विश्वकपका शीर्ष १२ टिम सिधैं छनोट हुनेछन्। पुछारका ४ टिम विश्वकप छनोट प्रतियोगितामा धकेलिनेछन्। जनावरी २०२० को टी-२० वरीयतामा अघि रहेका चार टिम पनि विश्वकप छनोट प्रतियोगिताका लागि छनोट भएका छन्। जसमा जिम्बावे, नेपाल, युएई र हङकङ रहेका छन्।

छनोट खेल्ने १६ मध्ये ८ टिमले भने क्षेत्रीय छनोट पार गर्नु पर्नेछ। छनोट प्रतियोगिताबाट ४ टिम सन् २०२१ को विश्वकपमा छनोट हुनेछन्। यसको अर्थ नेपालले सन् २०२१ को विश्वकप खेल्नका लागि विश्वकप छनोट खेल्ने १६ मध्ये शीर्ष चारमा पर्नुपर्नेछ। विश्वकप छनोट प्रतियोगितामा २ समूहमा ८-८ टिम हुनेछन्। समूहका शीर्ष २-२ टिम विश्वकपमा पुग्नेछन्। विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबरमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्