Logo

भारतीय सेनाका नेपाली मारिँदा ‘शव नेपाल ल्याउन पाइँदैन’ ! यस्तो छ कारण

अहिले सम्म भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको शव भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ। तर कतिपय मृतक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त्येष्टि गर्न चाहने गरेका छन्।

भारतले भने भिडन्तमा मारिनेहरूलाई राष्ट्रिय सम्मान दिनुपर्ने भन्दै नेपालबाट मृतकका परिवारलाई बोलाएर अन्त्येष्टि गरिदिने गरेको छ।
भिडन्तमा मारिनेहरूको अन्त्येष्टिमा भारतीय सेनाले त्यहाँको राष्ट्रिय झण्डा ओडाउनुका साथै सलामी दिने गरेको भूतपूर्व भारतीय गोर्खाहरू बताउँछन्।

उनीहरूका अनुसार सेनामा कार्यरत नेपाली नागरिकका परिवारले शव नेपाल ल्याउन चाहे भने चाहिँ सहज छैन। तर कतिपयले निकै जोडबल गरेर शव नेपाल नै ल्याएको उदाहरण रहेको संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ नेपालका महासचिव कुलबहादुर केसी बताउँछन्।

उनी भन्छन्, “सबैभन्दा ठूलो पीडा परिवारलाई हुन्छ र उसको परिवारले अन्तिम संस्कार गर्न नपाउनु भनेको निकै दु:खदायी कुरा हो।”
“त्यसैले हामीले भारत सरकारलाई यसबारे पटकपटक अनुरोध गरेका छौँ।” यो खबर नेपाली बीबीसीमा छ ।

प्रतिक्रिया दिनुहोस्