Logo

चोरिएको मूर्ति भेटिएपछि बाजागाजासहित धुमधामले अबिरजात्रा !

चन्दननाथ नगरपालिका-१ मा पर्ने दानज्युलोमा सोमवार बिहान मूर्ति भेटिएपछि मानिसहरूले स्थानीय प्रशासनलाई खबर गरेका थिए। खेतमा पानी लगाउन गएका बेला आफूसहित तीन जनाले आलीमा मूर्ति देखेपछि स्थानीय प्रशासनलाई खबर गरेको तलिचौरका लोकेन्द्र हमालले बीबीसी नेपालीलाई बताए। विस. २०७३ साल मङ्सिर ११ गते चोरी भएका मूर्तिमध्ये दत्तात्रय भगवान्‌को त्रिमुखा मूर्ति भेटिएपछि स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन्।

आस्था

मूर्ति भेटिनासाथ स्थानीय बासिन्दाले बाजागाजासहित अबिरजात्रा गरेर जिल्ला प्रशासन कार्यालय जुम्ला पुर्‍याएका थिए। चोरी भएको लामो समयपछि मूर्ति भेटिएपछि निकै खुशी लागेको चन्दननाथ नगरपालिकाकी एक महिला विष्णुमाया शाहीले बताइन्।

प्रतिक्रिया दिनुहोस्