Logo

भारतीय डिएसपीले आफ्नै श्रीमतीलाई ढोका खोल्न ढिलो गरेपछि गोली हानेर फरार !

भारतको पंजाब पुलिसमा कार्यरत सिंघमको नामले चिरपरिचत डिएसपी अतुल सोनीले आफ्नै श्रीमती माथि गोली चलाएको आरोप लागेको छ ।डिएसपी सोनीमाथि उनकै श्रीमतीले हत्याको प्रयास र हातहतियार सम्बन्धी कानुन अनुसार मुद्दा दर्ता गराएकी आजको आज तक समाचारले बताएको छ । घटना शनिबार रातको हो ।

अतुल सोनी शनिबार अबेर राती एक पार्टीबाट फर्केका थिए । अबेर राती घर पुगेका कारण श्रीमतीले घरको ढोका ढिलो खोलिन् । यो कुराले डिएसपी सोनी यति रिसाए कि उनले श्रीमतीलाई गोली हानिदिए । यद्यपि गोली उनकी श्रीमतीलाई लागेन । आक्रमणलगत्तै उनकी श्रीमती थाना आठ फेस पुगिन् र अतुलविरुद्ध उजुरी दिएकी हुन् । पुलिसले केस दर्ता गरेर जाँच सुरु गरेको छ ।

अतुल सोनीले आफ्नो सर्भिस रिभल्भरबाट नभए अवैध रिभल्भरबाट गोली चलाएका थिए । अतुल सोनीकी पत्नीको सहयोगमा पुलिसले घटनामा प्रयोग भएको हतियार र गोलीको खोका बरामद गरेको छ ।चण्डीगढका ५० वर्षका डिएसपी अतुल सोनी १९९२ मा सब इन्स्पेक्टरको रुपमा पंजाब पुलिसमा भर्ती भएका थिए । २०१८ मा उनी डिएसपी बनेका हुन् ।अतुल सोनी फरार छन् ।

प्रतिक्रिया दिनुहोस्