Logo

रबि लामिछानेलाई फसाउन प्रहरी देखि पत्रकार सम्म लागि परेका थिए , वकिलले भित्री रहस्य !

सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । जिल्ला अदालत चितवनमा भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।सोहि क्रममा रबिका पक्षबाट बोल्ने वकिल सुनिल पोख्रेलले पनि यो केशको बारेमा खुलासा गरेका छन।

प्रहरी देखि पत्रकार सम्म रबि बिरुद्ध लाग्दा यो अबस्था आएको र रविलाई साथ् जनताले दिदा आज न्यायको जित भएको उनको भनाई छ। अदालतको फैसला सुनाउँदै न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्म-ह, त्या प्रकरणमा दुरुत्साहन गरेको भन्नेबारेमा कुनै संलग्नता नदेखिएको भन्दै सञ्चारकर्मीद्धय लामिछाने र कँडेललाई सफाई दिएको हो ।

गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पुडासैनी आ*त्मह*त्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो । यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्