Logo

कठै बरी ! यी २ जना नानीको यस्तो कहालीलाग्दो अवस्था, मन थामेर हेर्नुहोस

दिदीले बहिनी बोकेको र अत्यन्त पीडाबोध झल्किने तस्बीरले सबैको मन छायो । त्यो तस्बीर केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति लिम्बू भूजेलले खिच्नु भएको हो । त्यो तस्बीर लेटाङकी शान्ति पाख्रिनले पोष्ट गर्नु भएको थियो । त्यसलाई धैरै जनाले शेयर र पोष्ट गर्नुभयो । सोही पोष्टका आधारमा धेरैले सहयोग गर्नु भयो ।

देशविदेशबाट झन्डै १ लाख २० हजार रुपैयाँ हाराहारी संकलन भयो । त्यसपछि लेटाङबाट शान्ति पाख्रिन, उर्लाबारीबाट विष्णु गुरागाई, घनश्याम भण्डारी, दिपक न्यौपानेसहित हाम्रो टिम आज सिंहदेबी गयौं ।

हामी पूर्वपश्चिम राजमार्गको खोसार्नेबाट केराबारी पुग्यौं । त्यहाँ केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति लिम्बू भूजेल, ८ नम्बरका वडाध्यक्ष मनोज खड्का, २ नम्बरका प्रेम लिम्बूसहित २०÷२२ जनाको टिम केराबारी– २ फांगदुवा पुग्यौं । सुगम जिल्ला मोरङको दुर्गम ठाउँ पनि हो, केराबारी गाउँपालिका । अधिकांश भूभाग पहाडी छन् ।

विशेष गरी पहाडी क्षेत्रको बसाई हरेक हिसाबले कठिन नै हुन्छ । हामी मनछुने तस्बीर भएको घरमा पुग्दा स्थानीयबासी तथा जनप्रतिनिधिहरुको उपस्थिति भइसकेको थियो । जुन मनछुने तस्बीरमा देखिएका बर्ष १२ की सोनु राई र बर्ष ५ की आशिका राई थिए । उनीहरुकी आमा ४५ बर्षकी मनमाया राई हुनुहुन्छ । यो घरको अवस्था र यी नानीहरुको बिजोक देख्दा सबैको मन रुने दृश्य थप जानकारीको लागि यो भिडियो हेर्नुस :

प्रतिक्रिया दिनुहोस्