Logo

गोर्खाली खेलाडी दिनेश सुनारले अमेरिकामा पार्कर खेल मार्फत चौथोपटक विश्व कीर्तिमान राखेका छन्

पार्कर खेलाडी दिनेश सुनारले अमेरिकामा पार्कर खेल मार्फत चौथोपटक विश्व कीर्तिमान राखेका छन्। उनले ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा १ घण्टामा ४ सय ६० पटक ब्याकवार्ड समरसल्ट हानेर नयाँ कीर्तिमान बनाएका हुन्।

अमेरिकामा रेकर्ड पूरा गरेको एक हप्तापछि उनले प्रमाणपत्र पाएका छन्। सन् २०४८ सालमा खोटाङको राजापानीमा जन्मिएका दिनेशले यसअघि तीन विश्व कीर्तिमान राखेका थिए।

पहिलो किर्तिमान ‘मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ द वाल इन वन मिनट’ मा, दोस्रो कीर्तिमान ‘दि मस्ट ब्याकवार्ड समरसल्ट वाल इन ३० सेकेन्ड’ मा र आफ्नो दोस्रो कीर्तिमानीलाई तोड्दै ‘द मस्ट ब्याकफूल ३६० वाल इन ३० सेकेन्ड’ को तेस्रो रेकर्ड बनाएका थिए ।

हाल उनी अमेरिकाज गट ट्यालेन्टमा भाग लिन अमेरिकामा छन्।

प्रतिक्रिया दिनुहोस्