Logo

गुरुङ पक्राउ परेपछि मनाङेले भने – म सफल भएँ…(हेर्नुहोस् भिडियो)

प्रहरी हिरासतमा रहेका गण्डकी प्रदेश सांसद राजिव गुरुङ ‘दिपक मनाङे’ले आफू सफल भएको बताएका छन्। जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि दुई दिन हिरासतमै राख्न म्याद थप गरेपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन्।

‘जुन चिजलाई मैले भिडेथें, त्यो केस सक्सेस भयो, त्यो ठगलाई बल्ल समात्न थाल्यो’, उनले भने, ‘अब यो ठगको मुद्दा आउँदैछ, जुन चिजलाई मैले लडेथें अब सक्सेस त भयो नि कमसेकम।’

मनाङेले माघ ७ गते पोखराको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह हुनुअघि अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए।

एन्फा अध्यक्ष गुरुङले दिएको सार्वजनिक अपराध ऐन अन्तर्गतको जाहेरीमा उनी अहिले प्रहरी हिरासतमा छन्। ‘१० वर्ष भएछ यसले पोखरामा एकलौटी ठग्दै बसेको, कसैले केही मुद्दा हाल्न नसक्ने यसलाई’, मनाङेले भने, यति ठूलो डन रहेछ यो, खतरनाक नै रहेछ।’

मनाङेले झापड हानेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ शुक्रबार पक्राउ परेपछि उनले यसो भनेका हुन्।

गुरुङलाई प्रहरीले ठगी र बैंकिङ कसूरको जाहेरीको आधारमा पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्