Logo

रबि र रमेश कालिकोट पुगेर दिए सबैलाई खुशीको खबर: आजको २७२ दिनमा निर्माण सम्मान हुने गरि रास्कोट कम्युनिटी हस्पिटल

आजको २७२ दिनमा निर्माण सम्मान हुने गरि रास्कोट कम्युनिटी हस्पिटल सुरुवात गर्ने क्रममा हामी कालिकोटमा छौ। पत्रकार रवि लामिछाने कालिकोट प्रस्थान गरेका छन् । उहाँ आफ्नो टिम सहित कालिकोट पुगेका छन् । रवि लामिछाने संगै रमेश परसाई पनि पुगेका छन् । रबि कालिकोट पुगेर यस्तो लेखेका छन् (आजको २७२ दिनमा निर्माण सम्मान हुने गरि रास्कोट कम्युनिटी हस्पिटल सुरुवात गर्ने क्रममा हामी कालिकोटमा छौ। थप आजको कार्यक्रममा।
सबैको साथ अस्पतालमा, नजाओस ज्यान अकालमा…)

चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ बाट हजारौको उद्दार गरिसकेका रबि लामिछानेले अन्य सामाजिक काम पनि गर्दै आएका छन । उहाकै नेतृत्वमा कालिकोट जिल्लामा रास्कोट कम्युनिटी हस्पिटल बन्ने भएको छ । सोहि योजनाको लागि स्तलगत अबलोकन गर्न उहाको टिम त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपालकै दुर्गम जिल्ला कालिकोटमा लगभग ३ करोड रुपैयाको लगानिमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । त्यस क्षेत्रको लागि अत्यावश्यक उक्त अस्पताल निर्माणका लागि स्थानिय सरकारले पनि सहयोग गर्ने भएको छ । त्यसका अलावा देश विदेशमा रहेका नेपालीहरुको आर्थिक सहयोगबाट उक्त अस्पताल निर्माण सम्पन्न हुनेछ ।

कालिकोट पुगेर दिए खुसीको खबर

कालिकोट पुगेर रबि लामिछानेले समाजसेवा गर्नको लागी “रबि लामिछाने फाउन्डेसन”को आधिकारिक जानकारी दिएका छन । आज देखि जीवनभर र मृत्यु पछी पनि समाज सेवा गर्ने प्रण पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्