Logo

पापी छोराले आफनै आमालाई मा’र्न प्रयास !

इटहरीमा आफ्नै छोराले आमामाथि गरे खुकुरी प्रहार गरेका छन् । इटहरी–२ हवाइचोक बस्ने १८ वर्षीय पारस कार्कीले आफ्नै आमामाथि खुकुरी प्रहार गरेका हुन् । बुधबार राति साढे १० बजे घरमा बसिरहेको अवस्थामा ३६ वर्षीया कविता कार्कीलाई पारसले खुकुरीले शरीरको विभिन्न भागमा प्रहार गरी घाइते बनाएका हुन् ।

घाइते आमाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । आमामाथि खुकुरी प्रहार गर्ने पारस कार्कीलाई खुकुरीसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्