खुसीको खबर: अब गर्भवती महिलाले पनि रुपैयाँ पाउने !


अब गर्भवती महिलाले पनि भता १५ सय रुपैयाँ पाउने भएका छन् । झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको हो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद दाहालका अनुसार गाउँपालिकाभित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे गर्न सहयोग पुर्‍याउने उद्देश्यले सबै गर्भवती महिलालाई प्रोत्साहनस्वरुप भत्ता प्रदान गर्ने निर्णय भएको हो ।

कतिपय गर्भवती महिलामा चेतनाको कमी र आर्थिक अभाव हुँदा उनीहरुले नियमित गर्भ जाँच नगराउने भएकाले नियमित गर्भ जाँच गराउन प्रोत्साहन दिँदै आर्थिक सहयोग गर्न लागिएको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत दाहालले भने, ‘प्रोत्साहन रकम लिने गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराउनु पर्ने हुन्छ ।’

आदिवासी समुदायको वाहुल्यता रहेको बाह्रदशी गाउँपालिकामा अझैं पनि चेतना अभावका कारण घरमै प्रसुति गराउने क्रम रहेको र त्यसलाई अन्त्य गर्दै स्वास्थ्य संस्था र अस्पतालमा मात्रै सुरक्षित रुपमा प्रसुति गराउन प्रोत्साहन दिने उद्देश्यले गाउँपालिकाले नयाँ योजना अघि सारेको दाहालको भनाइ छ । यहाँका गर्भवती महिलाले वडाको सिफारिसमा नजिकै रहेका स्वास्थ्य संस्थाबाट यो सेवा लिन सक्ने भएका छन् ।