Logo

पिताले आफ्नै छोरीलाई नेपालगञ्जको होटलमा लगेर बलात्कार गरेपछि…

गुलरिया जिल्ला प्रहरी कार्यालय बर्दियाले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । विगत केही महिनादेखि आफ्नै १८ वर्षीया छोरीलाई यातना दिएर जबरजस्ती करणी गर्दै आएको आरोपमा ४० वर्षीय एक पुरुषलाई मधुवन नगरपालिका–६ नेपाल–भारत सीमा नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत मंगलबार मात्रै भारतको ब्याङ्लोरबाट नेपाल फर्केर नेपालगञ्ज बजारको न्यूरोडस्थित एक होटलमा राखेर डर–धम्की देखाउँदै पुनः जबरजस्ती करणी गरेपछि पीडितले उजुरी गरेकी थिइन् । यसरी पटक-पटक आफ्नै बुबाले जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीपछि प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । अहिले यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्