Logo

एमसीसी देशको हितमा छ, संसदबाट पारित गरिनुपर्छ : रवीन्द्र मिश्र

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसlसी) परियोजनालाई संसद्बाट अनुमोदन गरिनुपर्ने धारणा राख्नुभएको छ । झापाको धुलाबारीमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमसीसी परियोजना देशको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने बताउनु भयो ।

परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमति मार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग समेत गर्नुभयो ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अमेरिकाको ‘एमसीसी’ अन्तर्गत्को ५० अर्ब रुपैयाँको आर्थिक सहयोग मुलुकको हितमा रहेकाले स्वीकार गर्नुपर्ने बताएका छन् । शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोेल्दै अध्यक्ष थापाले नेपालको पूर्वाधार विकासमा नेपालका सबै दलले पटक– पटक अमेरिकी सरकारलाई आग्रह गरेकाले सहयोग स्वीकार गर्नुपर्ने धारणा राखे। ठूला दलहरूका केही नेताहरूले एमसीसीलाई वि’वादको विषय बनाउनु दुर्भाग्यपूर्ण रहेको उनको ठहर थियो ।

प्रतिक्रिया दिनुहोस्