Logo

आफ्नै सिमानाको रक्षा गर्न नसक्ने हाम्रो सरकार ! भारत र पाकिस्तानबीचको समस्या समाधान गर्न इच्छुक

नेपालले भारत र पाकिस्तानबीच देखिएको समस्या समाधान गर्न मध्यस्थकर्ताको भूमिका खेल्न इच्छा देखाएको छ । भारतले संविधानको धारा ३७० खारेज गर्दै भारत प्रशासित कश्मिरको स्वायत्तता खोसेपछि उत्पन्न परिस्थितिमा दुई देशबीच मध्यस्थकर्ता गर्ने चाहना देखाएको हो ।

पछिल्लो समय दुई देशबीच देखिएको यो विवादलाई वार्ता र छलफलका माध्यमबाट टुंग्याउन मध्यस्थकर्ता बन्ने प्रस्ताव गर्ने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो । यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि विशेष गरी कश्मिरको मुद्दालाई सुल्झाउने सम्बन्धमा दुई देशहरूबीच सहमति गर्न बारम्बार प्रस्ताव गरेका छन् ।

जबकि, पाकिस्तानले ट्रम्पको प्रस्तावलाई स्वीकार गरेको छ भने भारतले कुनै पनि तेस्रो पक्षको हस्तक्षेप स्वीकार्य नहुने बताउँदै आएको छ । एक सातादेखि नेपालमा रहेको भारतीय सञ्चारमाध्यमका प्रतिनिधि र परराष्ट्रमन्त्री प्रदीपराज ज्ञवालीबीच भएको छलफलमा सरकारले शान्तिपूर्ण वार्ता र छलफल कुनै पनि समस्या समाधान गर्ने उत्तम तरिका भन्दै तटस्थ रहेको नेपालले मध्यस्थता गर्न सक्ने बताएको भारतीय सञ्चारमाध्यमका प्रतिनिधिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्