Logo

प्रसिद्ध सूर्यविनायक गणेश मन्दिरमा श्री शेषशायी नारायण मूर्ति , गर्नुहोस् दर्शन

मध्यपुरथिमि – भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकामा रहेको प्रसिद्ध सूर्यविनायक गणेश मन्दिरमा श्री शेषशायी नारायण मूर्ति स्थापना गरिएको छ । सूर्यविनायक गणेश मन्दिर ढोकाको पूर्वपट्टि पोखरीमा श्री शेषशायी नारायण मूर्ति स्थापना भएको हो ।

मन्दिरमा स्थापना भएको श्री शेषशायी नारायण मूर्तिमा भव्यरुपमा प्राण प्रतिष्ठा गरिने भएको छ । यही माघ १५ गतेदेखि यो मूर्तिमा प्राण प्रतिष्ठा गर्न र मन्दिरको अक्षयकोष स्थापना गर्न मन्दिरमा श्रीमद्भागवत ज्ञान सप्ताहव्यापी महायज्ञ लगाइने भएको छ ।

यही माघ २३ गते समापन हुने महायज्ञमा बालतपस्वी पण्डित उत्तम भट्टले कथा वाचन गर्ने र माघ १५ गते बिहान साढे ९ बजे कलश यात्रा र ११ बजे उद्घाटन हुने महायज्ञ मूल सम्पादन समितिका संयोजक प्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्