Logo

जेठानीले कुरा लगाएपछि साउदीवाट भर्खर आएका श्रीमानले खाना पकाउँदै गरेकी श्रीमतीलाई ज’ला’एर मा’रे

काठमाडौं – सिरहामा एक युवकले खाना पकाउँदै गरेकी श्रीमतीलाई ज’ला’एर ज्यान लिएका छन् । सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ मा श्रीमानले खाना पकाउदै गरेकी पत्नीलाई ज’ला’एका हुन् ।

औरही गाउँपालिकाकी २५ वर्षीया अनितादेवी यादवलाई उनकै श्रीमान विनोद यादवले जलाएको प्रहरीले जनाएको छ । अनितालाई ग’म्भिर अवस्थामा उपचारको लागि विराटनगरको एक अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उपचारको लागि काठमाडौं ल्याए लगत्तै कीर्तिपुर अस्पतालले उनलाई मृ’त घोषणा गरेको हो । ह’त्या गरेको आ’रोपमा उनका श्रीमान विनोदलाई प्रहरीले प’क्राउ गरेको छ ।

अनितालाई ज’ला’एर मारिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको मौखिक उजुरीको आधारमा उनलाई प’क्राउ गरिएको प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उ’जुरीपछि मोरङ प्रहरीको सहयोगमा विराटनगरबाट पति विनोदलाई नि’यन्त्र’णमा लिएर शनिबार साँझ सिरहा ल्याइएको छ ।

पछिल्लो हप्ता साउदी अरबबाट घर फर्किएका विनोदलाई भाउजु चौरासीवतीले अनिताको चरित्रको विषयमा कुरा लगाएको प्रारम्भिक अनुसन्धानवाट देखिएको प्रहरीले जनाएको छ । मृ’तक’की एक मात्र छोरा चार वर्षीय ओमशरणलाई दरहैयास्थित मावलीमा ल्याएर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्