Logo

संखुवासभामा बनिरहेकाे नाै सय मेगावाटको अरुण तेस्रो परियाेजनामा बम विस्फोट

संखुवासभा – संखुवासभा जिल्लामा निर्माणधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावारहाउस स्थलमा नचिनेका मानिसहरुकाे समूहले बम विस्फोट गराएको छ ।

आइतबार बिहान चिचिला गाउँपालिका–२ पुखुवामा रहेकाे अरुण तेस्रो जलविद्युत आयोजनाको पावारहाउस नजिकै कुकर बम बिष्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट अरुण तेस्रोले प्रयोग गरिरहेको जेनेरेटर र पर्खालमा क्षति पुगेको छ ।

कसले र कुन उद्देश्यले विस्फोट गराएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि पटक–पटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताले बम विस्फाेट गराएकाले अहिले पनि विप्लव कार्यकर्ताले गराएको हुनसक्ने संखुवासभा प्रहरीको भनाइ छ । तर अहिल्यै यसबारे यकिन विवरण भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्