पशुपति मन्दिर हेर्नुहोस भयो यस्तो: पशुपति क्षेत्रमा खुलेका म’दिरा र भ’ट्टी पसल हटाइने !
काठमाडौँ – पशुपति क्षेत्रमा खुलेका म’दिरा र भ’ट्टी पसललाई पशुपति क्षेत्र विकास कोषले हटाउने तयारी गर्दैछ । सोका लागि कोषले स्थानीय वडा कार्यालयसँग परामर्श लिने कार्य सम्पन्न गरेको छ ।काठमाडौँ महानगरपालिका वडा नं. ७ सिफललगायतका क्षेत्रमा भने वडा कार्यालय र सामुदायिक प्रहरीको संयुक्त अग्रसरतामा यी पसल हटाइने भएको छ ।पशुपति क्षेत्रलाई मांस म’दिरामुक्त क्षेत्र बनाउने क्रममा पहिलो चरणमा भ’टट्ी पसल चहार्दै मगन्ते जीवन बिताइरहेकालाई कोषले हटाएर मानव धर्म सेवा समितिको संरक्षकत्वमा व्यवस्थित गरेकोगोरखापत्र दैनिक मा खबर छ ।
आश्रमबाट फर्केर यही प्रवृत्ति दोहरिन थालेपछि कोषले म’दिरा पसल र भटट्ी हटाउन लागेको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार मगन्ते हटाएपछि अब यहाँका अव्यवस्थित फूल तथा पूजा सामग्री पसल हटाउने र भाडामा दिएकालाई स्थानान्तरण गरेर म’दिरा, मांस पसल हटाइने जनाइएको छ ।कोषले यस्ता पसल हटाउन सात दिने सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । सूचना अवलम्बन गरिएपछि प्रशासनिक निकायको सहकार्यमा यी पसल हटाइने छ । कोषाध्यक्ष डा. थापा भन्नुहुन्छ, ‘‘कोष आफैले भाँडामा लगाएका ६४ टहरा कबलबाट २०६१ सालयता भाडा पाएको छैन र यी टहरा कबल अव्यवस्थित पनि भए ।’’
वडा नं. ७ का वडा सदस्य कृष्णमणि भट्टराईका अनुसार, वडा नं. ७ को पशुपति क्षेत्र जोडिने इलाकामा नै पाँच सयको हाराहारीमा मांस र म’दिरा पसल छन् । सिफलको क्षेत्रमा दैनिक १२ वटासम्म खसी का’ट्ने मासु पसल छन् भने बाटामा मासु भाग लगाएर बिक्री गर्ने कार्य पनि त्यत्तिकै गरिन्छ ।कोषका अधिकृतका अनुसार, गुह्येश्वरीमा भुटन पाइने नाम क’हलिएको भ’ट्टी यत्रतत्र छन् । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई समस्त हिन्दुको गन्तव्य र सम्पदाको भावनामा ल्याउनै सकिएन भन्ने व्यापक जनगुनासो रहँदै आएको छ ।पशुपतिको भुवनेश्वरी आसपास, गुह्येश्वरी पुलपारि, सिफल सेताढोका प्रवेशपछिका पसललाई मांस र म’दिरा मुक्त गरिनुपर्छ भनेर स्थानीय सर्वसाधारणबाट गुनासो गरिँदै आएको छ ।