धरौटीमा छुट्ने बितिकै सांसद दीपक मनाङ्गेले अब र’क्सी खानुपर्ला भनेपछि….!


कु’टपी’टको आ’रोपमा प’क्राउ परेका सांसद दीपक मनाङ्गेलाई जिल्ला प्रशासन कार्यालयले ६ हजार रुपैयाँ धरौटीमा छाडेको छ । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झा’पड हा’नेको भोलिपल्ट प’क्राउ परेका उनीमाथि प्रहरीले अ’भद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले आइतबार उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । यसअघि कार्यालयले मनाङ्गेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । रिहा भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले हिरासत बसाइका क्रममा आफूले आराम गर्न पाएको बताए ।

हिरासत बसाइ कस्तो भयो भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘मलाई मजै लाग्यो, रेस्ट गर्न पायो नि, दुई दिन मज्जाले सुतेँ, अब र’क्सीस’क्सी खानुपर्ला, भित्र (हिरासतमा) खान पाउँदैन नि त !’