काठमाडौँ – अभद्र व्यवहार मुद्दामा प्रहरीको नियन्त्रणमा रहेकी गायिका आस्था राउतसँग प्रहरीले बयान लिएको छ । बयानपछि राउतलाई सरकारी वकिल कार्यालय लगिएको छ ।
सरकारी वकिल कार्यालय जाने क्रममा राउतले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै कानुनभन्दा माथि कोही पनि नरहेको र कानुनअनुसार आफूलाई हुने कारवाही सहर्स स्वीकार गर्ने बताइन् । उनले भनिन्, ‘कानुनलाई सहयोग गर्न आएकी हुँ । वहाँहरुले सौहार्दपूर्ण वातावरणमा आफ्नो कुराहरु राख्न दिनुभयो । कानुनभन्दा माथि कोही पनि छैन । कानुनअनुसार ममाथि के कारवाही हुन्छ त्यो सहर्स स्वीकार गर्छु । कानुनलाई कसैले नमिचौँ भन्न चाहन्छु ।’
त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले गायिका राउतले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । आस्था राउत रुदै गईन ४ दिन प्रहरी थुनामामा, पुलिसको अगाडी फिल्मी पोज…हेर्नुहोस भिडियो…
प्रतिक्रिया