Logo

यी हुन् महान युवक जसले आफ्नै ज्यान जोखिमा राखेर गरिन नारायणी नदीमा हा’म्फा’लेकी महिलाको जिवितै उद्दार गरे !

बिभिन्न कारणले तनावमा आएकाहरु चितवनको नारायणी नदीमा फाल हानेर आफ्नो ज्यान नै लिन खोज्ने घ’टना बढ्दो छ । सोमबार पनि एक महिला नारायणी नदीमा हामफालेर आफ्नो ज्यान लिन खोज्दा एक डुंगा चालकसहित स्थानीयले उद्धार गरेर उनलाई बचाएका छन् ।

नारायणी नदीमा हामफालेकी ५० बर्षीया मधुकला खनाललाई एक डुंगा चालकसहित स्थानीयले उद्धार गरेका थिए । डिप्रेशनको औषधि खाइरहेकी मधुकला सोमबार दिउँसो साढे २ बजे तिर नारायणी नदीको पुलबाट हा’म्फालेकी थिइन ।

उद्धार पछि मधुकलालाई वडा प्रहरी कार्यालय नारायणगढमा राखिएको छ । नारायणी नदीमा हाम्फाल्नुको कारण र उनको आफन्तको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । यसअघि पनि बिभिन्न समयमा नारायणी नदीमा हाम्फालेर धेरैले आफ्नो ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्