तेस्रोलिंगी अजिता भुजेल बेहुली झै सजिएर चितामा जलिन् !
शनिबार बिहान २९ वर्षीया तेस्रोलिंगी अजिता भुजेलको हैटौडास्थित क्याम्पेडाँडा ह त्या गरी फ्याँकेको अवस्थामा श व फेला परेको थियो । परिवारको पैतृक सम्पत्तिको अशंको अधिकारबाट बञ्चित उनी समय समयमा निल हिरा समाजकी अध्यक्ष पिङ्की गुरुङलाई गुनासो गरिरहन्थिन् ।
सोही अनुरुप उनको ह त्या भएको एक दिन अगाडि गएको शुक्रबार विहान १० वजे तिर अजिताले अध्यक्ष पिङक गुरुङलाई फेसबुकमा कल गरेर ममी मसँग दश बाह्र लाख पैसा छ र घर बनाउन भनेको के गरुँ भनी सल्लाह मागिन् ।अध्यक्ष पिङ्कीले यति रकममा घर बनाउने पुग्ने सुझाब दिइन ।
त्यसैदिन राति फेरि अजिताले फेसबुकमा नै मध्यरि कल गदै ममी मलाई एउटा मान्छेले दश लाख मागेको छ उसको जग्गाको कागज मलाई दिन्छ रे के गरुँ भनी सोधिन् र पिङ्कीले नदिनु भर हुन्न भन्ने सुझाब दिन्छन् ।
त्यसपश्चात शनीबार विहानको ७ बजेतिर पिङ्की गुरुङको मध्यनजरमा किरण लामाले हेटौडामा तेस्रोलिंगीको ह त्या भएको खबर समाचार लिंक पठाउँछ । पढ्न भ्याउँदा नभ्याउँदै फेरि हेटौडाको निल हिरा समाजको प्रोजैक्ट अफिसर सुरज थापाले पिङ्की गूरुङलाई फोन गर्छिन् ।
दिदि अजितालाई मा र्देछ बरबाद भयो । घरको एउटा दियो जसले पुरै घरको प्रकाश छरिरहका थियो । आफ्नो बुबा आमा सानो हुदा देखि म रि सकेको र बुढेसकाल लागिसकेको हजुरआमाको साहारा बन्दे आएकी अजितासँगै उनको नयाँ घर बनाउने सपना र हजुरआमाको भरोसा टु टेको छ ।
अजिताको मृ त्यु पश्चात शनीबार १ वजे हामी ४० जना हैटौंडाका लागि हिंड्यौं । उनको मृ त शरीरलाई पोस्ट मार्टमको लागि काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा लैजाने खबर आयो ।
हामी हेटौडाको जिल्ला परिसरमा पुगी एस।पि सरसँग भेटी अनुसन्धान मा थप सहयोग पुग्ने उद्देश्यले काठमाडौ लैजाने निर्णयमा पुग्यौं । शनीबार विहान करिब ११ बजे पोस्टमार्टम शुरु गरी अजिताको श वलाई उनको निवास स्थान हेटौडाको नवलपुरमा लगियो ।
पोस्टमार्टमको रिर्पोट अनुसार उनको टाउकोमा ग हिरो चो ट लागेको र घाटीमा फाँ सी दिएको जस्तो घाँउ भएको रिर्पोट सुनायो । श व पुग्न अगाडी नै नेपालको विभिन्न क्षेत्रबाट करिव २०० तेस्रोलिंगी भेला भइसकेको थियो ।
घरमा हजुरबुबा र हजुरआमाको रु वा बासी चलिरहेको थियो । अजिता काठमाडौ बस्दाखेरिकोे समयमा अध्यक्ष पिङकी गुरुङलाई खोई के सोधेर भन्ने गर्थिन् कुन्नि ‘ममी म म री भनी राम्री दुलही बनाउनु लैजानु ल ममी’ भन्ने गर्थिन् । उनको इच्छा र अनुरोधलाई पुरा गर्न सबै समुदाय जुटे । पिङ्की गुरुङको सल्लाह बमोजिम साथी सुरज, वर्षा र किरण र अन्य स्थानियको साथीहरुले अजिताको लागि रातो सारी ,चुरा घुम्टी , टिका र अन्य सबै श्रृगारका सामान किने । ठिक पारे ।
पोस्टमार्टमको गाडि अजिताको घर आई पुग्दा आइतबार राति करिब आठ बजे सकेको थियो । घर अगाडि साथी भाईको भींड सम्हाल्न नसकिने थियो ।
अजितालाई अन्तिम पटक भेट्ने र हेर्ने उद्दश्यले आएका साथीहरुको श व बहानबाट ला स निकाल्दा सबैको आँखा रसाए । कोही डाँ को छोड्दै रो एका थिए । अजिताको अन्तिम इच्छा बमोजिम उनको ला शलाई साथी सुनिता लामाले र पुष्प लामाले दुलहीको रुपमा सजाइन । जब सजावट सकियो सुनिता र पुष्प डाँ को छोडेर रुन थाले ।
शंख फुक्दै का त्रोको बेहुली अजितालाई नवलपुरको राप्ती खोलाको घा टमा लगियो । ला श जलिसकेपछि पुत्र शोक सहेका करिव ७० वर्षिय हजुरबुबा नातिनीको क्रियाको लागि कपाल खौरिन तयार भए ।
मन भक्कानियो । यस अघि पनि काठमाडौमा आफ्नै पार्टनरले तेस्रोलिगी जुनु गुरुङको ह त्या भएको थियो । भने चितवनमा पनि तेस्रोलिगी दिपिकाको सडकमै ह त्या गरेका थिए ।
यस्ता घ ट नाहरुले केवल अजिता, जुनु र दिपिकाको मात्र होइन यनीहरु जस्ता धेरै तेस्रोलिंगीहरुको इच्छा चाहना र स्वतन्त्रताको ह त्या गरिएको छ । हेटौडा आजभोली त्रा स फैलिएको छ । आइतवारको काजक्रिया पछि सोमबार हेटौडा जिल्ला परिसरमा गई एस।पी सुशिल सिंह राठौरसंग छलफल गरियो ।
घ टनालाई लिएर निकै चिन्तित भएका र छानबिनका लागी इन्सपेक्टर ईशवरी भण्डारीको नेतृत्वमा समिति गठन गरे र शंकास्पद दुई जनालाई प क्राउ गरेका छन् । थप अनसुन्धान भइरहेको जानकारस् जिल्ला परिसरबाट आयो ।
यदि अजिता तेस्रोलिंगी को स्थानमा एक महिला भएको भए यस घ टनाले धेरै नै सामाजिक प्राथमिकता पाउने थिए होला । अर्धनग्न अवस्थामा फेला परेको श वका आधारमा घ टनामा ब ला त्कार भएको या ब ला त्कारको प्रयास गरिएको भन्न सकिन्छ । तर, तेस्रोलिंगी को हकमा सबै मौन । कहाँ गए अधिकार कर्मी कहा गए समाज सेवी ?
धेरै जसो यौ निक तथा लैगिक कारण समाज र परिवारले ख्याल गरी ग म्भी रतापूर्वक लिएको देखिदैन भने समाजले पनि वेवास्ता गरेको पाइन्छ । अझैपनि तेस्रोलिंगी समुदायको स्वतन्त्रता, सम स्या र पहिचान राज्य, राजनीतिक दल, सरकारर समाजले पर्याप्त मात्रामा प्राथमिकता र इज्जत दिन सकेको छैन ।
यस्ता घ ट नाहरुलाई समाजले सामाजिक मान्यता दिन नसक्दा यस्ता थुप्रै घटना बाहिर आउन सकेको छैन । ती यस्तै थुप्रै घ टनाको न्युनिकरण गर्न समाज तयार हुदै जानुपर्छ । समुदाय शसक्त हुनु जरुरी छ । संचार जगतको ठूलो सहयोगको आवश्यकता पर्छ ।
त्यसका लागि सरकार ठोस रणनिति र योजनाका साथ आउनुपर्छ भने निति र कानुनले सम्बोधन गनुपर्छ । सरकारी निकाय,समाज र समुदाय, अधिकार कर्मी र संचार जगत थप संवेदनशील हुनुपर्छ भन्ने अपेक्षा राख्दछौ ।