Logo

डेढ अर्बको हेलिकप्टर चढेर राष्ट्रपति बिद्या भण्डारी हेटौँडा पुगिन !

राष्ट्रपति विद्यादेवी भण्डारी सरकारले इटालीबाट किनेको हेलिकप्टर चढेर मकवानपुरको हेटौँडामा हुने कार्यक्रममा सहभागी हुन गएकी छन् ।सरकारले करिब डेढ अर्ब खर्च गरेर भिआइपी र भिभिआइपीहरुका लागि ६ महिनाअघि इटालीबाट हेलिकप्टर ल्याएको थियो ।

नेपाली सेनाले चलाउने गरी ल्याइएको सो हेलिकप्टरको कल साइन अगुस्टा ९ एनआरएएम हो ।प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबार दाङमा भएको कार्यक्रममा सहभागी हुनका लागि यो हेलिकप्टरको प्रयोग गरेको थिए ।

भूपु सैनिक सम्मेलनमा सहभागी हुन उनी सोही हेलिकप्टरमा गएर त्यसमै फर्किएका हुन् ।यो हेलिप्कटर विशेष गरी राष्ट्रपतिको यात्राका लागि ल्याइएको हो । तर ६ महिनासम्म पनि यसको प्रयोग हुन सकेको थिएन ।

सर्वसाधारणबाट भएको विरोध तथा खरिद प्रक्रिया नै विवादमा आएको भन्दै राष्ट्रपति भण्डारीले यो हेलिकप्टर चढ्न रुची गरेकी थिइनन् । तर उनी मंगलबार पहिलोपटक त्यसमा सवार भइन् ।एक वर्ष पहिले सेनाले आफ्ना लागि हेलिकप्टर ल्याएको थियो । तर ६ महिनाअघि ल्याइएको यो हेलिकप्टर भने सरकारले सेनाले चलाउने गरी ल्याएको हो ।

त्रिभूवन विमानस्थलबाट शीतल निवास नजिकै रहेको भैरव दल गणमा गएको हेलिकप्टरमा राष्ट्रपति सवार भएकी हुन्।यो हेलिकप्टर कहाँ दर्ता गर्ने विवाद लामो समय रहेको थियो । अन्ततः नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको छ। राष्ट्रपति भण्डारी हेटौँडाको शहीद स्मारक विकास समितिले आयोजना गरेको कार्यक्रममा सरिक हुन त्यहाँ गएकी हुन्।

प्रतिक्रिया दिनुहोस्