Logo

चीनले दुई दिनमै बनायो कोरोना भाइरसको उपचार गर्न हजार शैय्याको अस्पताल, चीनले सबैलाई पारो चकित

अहिले विश्वभरि नै कोरोना भाइरसको आतंक फैलिएको छ। चीनको वुहान सहरबाट सुरू भएको भाइरसका कारण अहिलेसम्म १ सय ३१ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वभरी करिब ६ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको अनुमान गरिएको छ। चीनले उक्त भाइरसको उपचारको लागि भन्दै दुई दिनमा हजार शैय्याको आस्पताल तयार पारेको छ। यो कोरोना भाइरसको मात्रै उपचार हुने पहिलो अस्पताल हो।

५ सयभन्दा बढी कामदार र दर्जनौं हेभी इक्वीपमेन्ट प्रयोग गरेर उक्त अस्पताल तयार गरिएको थियो। अस्पताल निर्माणको लागि गत शुक्रबार स्थानीय सरकारले आह्वान गरेको थियो। त्यसपछि विभिन्न निर्माण कम्पनी तथा स्वयंसेवक, कर्मचारी र प्रहरीले ४८ घण्टा लगातार काम गरेर खाली विल्डिङलाई अस्पतालमा रुपान्तरण गरेका थिए।

आगामी मेमा उक्त विल्डिङमा ह्वाङगाङ सेन्ट्रल हस्पिटलले आफ्नो नयाँ शाखा कार्यलय खोल्दै थियो। स्थानीय सरकारले उक्त भवनलाई कोरोना भाइरसको उपचारको लागि प्रयोग गर्न भनेको थियो।

शुक्रबार स्थानीय सरकारको घोषणापछि शनिबारबाट काम सुरु भएको त्यस अस्पतालमा सोमबारसम्मा पानी, विजुली तथा इन्टरनेटको जडान गरिएको थियो।


स्थानीय समाचारपत्रलाई उल्लेख गर्दै डेली मेलले लेखेको छ, ‘आज विहान स्थाननीय सयमअनुसार १० बजेदेखि सोही अस्पतालमा विरामी भर्ना गर्न थालिएको छ।’

प्रतिक्रिया दिनुहोस्