Logo

दैनिक पूजा गर्दा छुटाउनु हुँदैन यी कार्य ! सेयर गरौ

हिन्दु धर्मावलम्बीहरु दैनिक पूजा आराधनादेखि जपसम्म गर्ने गर्छन् । हिन्दु धर्मअनुसार दैनिक पञ्चायनको वा मठ मन्दिरमा पूजा आराधना गर्नु आफ्नो आत्मालाई शान्त पारेर मनलाई शुद्ध पार्नु हो । दैनिक प्रभुको नाम सम्झीनु भनेको आफुमा भएका नकारात्मकतालाई हटाइ सकारात्मक चिन्तन गर्नु हो । मानिसहरुले दैनिक पूजा आजाका लागि आफ्नै घरको पूजाकोठामा मन्दिर स्थापना गरेका हुन्छन् । घरको मन्दिरमा पूजा गर्दा ध्यान दिनैपर्ने यी ३ कार्य; जानी राखौ :

१. प्राण प्रतिष्ठा गर्न आवश्यक:
कतिपय हिन्दु अनुयायीहरुले घरमा मन्दिर स्थापित गरेको हुन्छ र पूजाघरमा कोही कोहीले मुर्ति पनि राखेका हुन्छन् । मुर्ति राख्दा जहिले पनि प्राण प्रतिष्ठा गर्नुपर्ने आवश्यक हुन्छ । अर्थात, मूर्ति पुजा घरमा राख्दा विशेष मन्त्रोच्चारण सहित भगवानलाई त्यस मुर्तिमा आह्वान गर्नुपर्छ । जसले गर्दा त्यस मुर्तिमा प्रभु साक्षात निवास गर्ने गर्छन् भन्ने धार्मिक विश्वास छ ।

२. कुलदेवी र राशि अनुसार पूजा गर्नुहोस्:
कुलदेवीलाई मानिसको सबै मनोकामना पूरा गर्ने देवीको रुपमा चिनिन्छ । त्यसैगरी यदि कसैले आफ्नो राशि अनुसार देवीको आरधना गर्‍यो भने देवी सधैं प्रशन्न रही विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ ।

३. तुलसीको पूजा गर्नुहोस्:
धेरै मानिसहरू नियमित रूपमा पूजा गर्दछन्, तर कतिपयले तुलसीको पूजा गर्न भने बिर्सिन्छन् । हिन्दु धर्ममा तुलसीलाई पनि एक उच्च स्थानमा राखिएको छ । जसको घरमा तुलसीको नियमित पूजा गरिन्छ, त्यस घरमा सधैं खुशी, सुख र समृद्धि छाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्