Logo

आज वसन्तपञ्चमी: विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै सक्दो शेयर गर्नुहोस

आज वसन्तपञ्चमी अर्थात सरस्वती पूजा, विद्या तथा कलाशिल्पकी अधिष्ठात्री देवी सरस्वरतीकाे पूजा-वन्दना गरी मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने श्रीपञ्चमी पर्वमा माता सरस्वतीको पूजा गरी मनाइउने गरिन्छ ।

ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्तपञ्चमी पनि भन्ने गरिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा समेत रहँदै आएको छ ।

साथै, संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा-आराधना गरी स्तोत्र पाठ गरेमा विद्या-बुद्धि बढ्छ भन्ने धार्मिक विश्वास छ ।

आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ पनि गराइन्छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख गरिएको छ ।

उपत्यकाका पशुपति जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगु, फर्पिङ, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भीड लाग्ने गर्दछ ।

बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन् । भने, यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्