Logo

कास्की प्रहरीका जवानहरु मदिरा सेवन गरेर ड्युटीमा, जाडो भएकाले पिउने गरेको स्वीकारोक्ति

जिल्ला प्रहरी कार्यालय कास्की मातहत रहेको पोखराको तुलसीघाटको अस्थायी प्रहरी बिटमा साँझपख एक प्रहरी मादक पदार्थको नशामा चेकिङमा उत्रिएका छन । सो स्थानमा उनी साँझपखबाट ड्युटीमा उत्रिएका हुन् ।

साँझ करीब ६ बजेको समयमा प्रहरी बिटमा कार्यरत मिलन थापाले नजिकै रहेको मदिरा पसलबाट मदिरा सेवन गरेर ड्युटीमा खटिएका थिए । थापा मदिराको नशाले धानिन नसक्ने स्थितिमा थिए । उनको यस्तो स्थिति देखे पछि स्थानीयले न्यूज २४ लाई जानकारी दिएसंगै न्यूज २४ टोली उनलाई सोही प्रहरी बिटमा नशाको तालमा भेटेका थियो । उनले आफुले मादक पदार्थ सेवन गरेको स्वीकार गर्दै राति १२ बजेसम्म ड्युटी गर्नुपर्ने र चिसो भएका कारण नखाई बस्नै नसक्ने बताए ।

स्थानीयवासीले यहाँ ड्युटीमा खटिएको प्रहरी दिनहुँ यहि अवस्थामा रहने गरेको बताए । उनीहरुले प्रहरीको आलोचना गर्दै सुरक्षा दिनुपर्ने प्रहरीसंगै डराएर बस्नुपर्ने भन्दै गुनासो गरे । उक्त बिषयमा जिल्ला प्रहरी कार्यालय कास्की भने जानकार नै छैन ।

पोखराका स्थानीय भने चेकिङमा बस्ने प्रहरीहरु मध्ये केहीको अवस्था सँधै यस्तै हुने गरेको बताउछन् । तर केही बोले दुब्र्यवहार भन्दै उल्टै स्थानीयहरुसँग आक्रोश पोख्ने गरेका कारण प्रहरीको बिरुद्धमा केही भन्न सक्ने अवस्था नरहेको पनि उनीहरुको दुःखेसो छ ।

प्रतिक्रिया दिनुहोस्