Logo

ललितपुर हस्तकुमार मगर र उहाँकी श्रीमती नेत्रकुमारी मगरको ज्यान : जिम सेन्टरमा दम्पतीकाे ज्यान गयाे

ललितपुर – ललितपुरको तिखेदेवलमा रहेको जिम सेन्टरमा एक दम्पतीकाे ज्यान गएको छ । तिखेदेवलको विशाल चोकमा रहेको फिट एण्ड फाइन जिम सेन्टरमा साउनाबाथ लिने क्रममा बेहाेस भएका हस्तकुमार मगर र उहाँकी श्रीमती नेत्रकुमारी मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।


बेहोस अवस्थामा भेटिएका उनीहरुलाई प्रहरीले पाटन अस्पताल पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर ललितपुरमा प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) देबेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

अक्सिजनको कमी हुँदा निस्सासिएर ज्यान गएको प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भैरहेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । शव पोष्टमार्टमको प्रक्रियामा रहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्