Logo

आज कुन राशी हुनेले के गर्नुहुन्छ ? के गर्नुहुँदैन ? हेर्नुस् राशीफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक काममा नेतृत्वदायी भूमिका मिल्नेछ । जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । सहानुभूति र आशिर्वाद मिल्नेछ । कर्मचारीले हाकिमलाई खुशी पार्न सक्नेछन् । ठूलाबडाको सहयोग र सल्लाहले फाइदा गर्नेछ ।

व्यापार व्यवसायमा सोचेजति लाभ मिल्नेछ । आफ्नो क्षेत्रमा साख रहनेछ । गरेका काममा सफलता मिल्नेछ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिदैन तर श्रममूलक काममा फाइदा छ । आँटेको काम पूरा गर्न सकिनेछ ।

वृष राशी (इ, उ, ए, ओ, बो, बु, बे, बो)
प्रयास साध्य समय छ । मेहनत गरेर काम गरेमा सफलता प्राप्त हुनेछ । व्यवसाय बढाउने र नयाँ रोजगारीको अवसर आउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

बौद्धिक र प्राज्ञिक काममा सफल भइनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । व्यापार व्यवसाय र कामधन्दामा खट्ने समय छ । लामो दुरीको यात्रा अनुकूल छ । दिनभरी लाभमूलक परिणाम प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध राम्रो रहनेछ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आँटेका कामहरु पूरा हुनेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । भाग्योन्नतिको समय छ । कर्मसिद्धीको योग छ ।

मान प्रतिष्ठा वा समाजिक मर्यादा वृद्धि हुनेछ । कडा परीश्रम गरी सुख परिणाम हात पार्ने सम्भावना छ । गरेका प्रयास सफल हुनेछ । रोकिएका प्रशासनिक काम अघि बढ्नेछ ।

कर्कट राशी (हि, हु, हो, डा, डि, डु, डे, डो)
धन, धर्म र भाग्यमा हानी पुग्ने समय छ । गर्नु नपर्ने काम बढी समय लगाएर गर्नुपर्ला । प्रतिकूल समयले घेरेको छ । संयम रहनुहोला । सानातिना काम र घरेलु समस्यामा नै आजको दिन बित्नेछ ।

गरेका काम ढिलोगरी सम्पादन हुनेछन् । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेत हुनुहोला । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायासी सुखमा कमी देखिन्छ ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु टे)
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रस रंगको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुख सन्तोष प्राप्त हुनेछ ।

रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता मिल्नेछ । मिष्ठान्न भोजनको अवसर छ । आर्थिक पक्ष सबल छ । साझेदारीमा काम शुरु गर्ने समय छ । व्यापार व्यवसायमा राम्रो छ ।

कन्या राशी (टो, प, पी, पु, ष, ण ठ, पे, पो)
आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुनसक्छ । स्वास्थ्यका दृष्टिले समय राम्रो छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लेनदेनका लागि समय अनुकूल छ । पठनपाठनमा मन जानेछ ।

ज्ञान, बुद्धि विवकेलाई प्रयोग गर्न सके लाभ मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । समाजमा तपाईको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट लाभ लिन सकिनेछ । खुशीको खबर प्राप्त हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्न सक्छ ।

तुला राशी (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायिक क्षेत्रमा राम्रो लाभ प्राप्त हुनेछ । स्वास्थय सबल छ । भोगविलासमा मन जानेछ । रोजगारी र व्यवसायिक क्षेत्रको लागि विशेष महत्वको दिन रहेको छ । धार्मिक, सामाजिक र परोपकारका क्षेत्रमा समय र धन खर्च हुनेछ । उपहार पुरस्कार आदि प्राप्त होला ।

व्यापार व्यवसायमा नयाँ काम गर्नको लागि समय अनुकूल रहेको छ । विगतमा भएका राम्रो कामको स्मरण हुनेछ । व्यवहारिक र सामाजिक जिम्मेवारी थपिनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । कामधन्दा र व्यवासयका लागि काम गर्ने वातावरण बन्नेछ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, या, यि, यु)
सुरुमा तनाव भए पनि रामरमाइलोमा दिन बित्नेछ ।मनमा देखिने अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतकासाथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ ।

आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्य राम्रो छ । व्यापार व्यवसायमा फाइदा छ । कार्य सफल हुनेछ परिश्रम बमोजिम मान सम्मान र प्रतिष्ठा मिल्नेछ ।

धनु राशी (ये, यो, भ, भी, भू, ध, फा, ढ, भे)
मनग्ये धन आर्जन हुनेछ । आँटेको र सोचेको काम बन्नेछ । रचनात्मक काम शुरु गर्ने समय छ । स्वादिष्ट भोजनको योग छ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरु प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला ।

आज महत्वाकांक्षा र इच्छाहरु पूर्ण हुने दिन हो । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिनेछ । लामो दुरीको लाभदायक यात्राको सम्भावना छ । घरायासी वातावरण तपाईको पक्षमा छ । पेसा र व्यवसायका विविध क्षेत्रमा सफलता मिल्नेछ ।

मकर राशी (भो, ज, जी, खि, खु, खे, खो, गा, गी)
महत्वपूर्ण काम सम्पन्न हुने समय छ गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । विशिष्ट व्यक्तिले तपाईको विचारको कदर गर्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ ।

विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । दिन रमाइलो गरी बित्नेछ । प्राविधिक काममा सफता मिल्नेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसन डिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको कामधन्दाबाट दिर्घकालिन फाइदा पुग्न सक्छ । विचार र योजनालाई रनात्मक रुप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुन्छ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने समय छ ।

नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरुको राम्रो साथ प्राप्त हुनेछ । रोकिएको काम सम्पादन हुने समय छ । प्रष्तिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । व्यापार व्यवसायबाट राम्रै लाभ लिन सकिनेछ ।

मिन राशी (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)
बोलीको विपरित अर्थ लाग्न सक्छ । बोलीमा नियन्त्रण गर्नुहोला । पारिवारिक वातावरण पनि तपाईको अनुकूल छैन । घरपरिावर र छिमेकमा सानातिना जिम्मेवारी आइलाग्न सक्छ ।

कल्पना र भावनामा मन केन्द्रित हुनेछ । शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । व्यापार व्यवसायमा तनाव हुनेछ । श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिक खर्च बढ्नेछ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्