Logo

पहिरनका कारण ट्रोल बनेपछि प्रियंकाले दिइन् त्यसको जवाफ

एजेन्सी – पहिरनका कारण सामाजिक सञ्जालमा ट्रोल बनेपछि बलिउड नायिका प्रियंका चोपडाले त्यसको जवाफ दिएकी छन् । पहिरनलाई लिएर ट्रोल बनाउनेलाई लक्षित गर्दै उनले जवाफ लेखेकी हुन् । हालै उनी ग्रामी अवार्डमा सहभागी हुँदा लगाएको पहिरनलाई लिएर आलोचित भएकी थिइन् । उनी पति निकका साथमा अवार्डमा सहभागी हुन पुगेकी थिइन् ।

निकै खुल्ला पहिरनमा पुगेकी चोपडालाई भारतीय फ्यानले उनको ड्रेसिङ सेन्समा प्रश्न उठाउँदै ट्रोल गरेका थिए । अब प्रियंकाले इन्स्टाग्राममा एक पोस्ट गर्दै ट्रोलर्सलाई जवाफ दिएकी हुन् ।

प्रियंकाले लेखेकी छिन् ‘म सोचिरहेकी थिएँ कि यो वर्षको सुरुवात कति रोमाञ्चक रह्यो र अहिले त केवल जनवरी महिना मात्रै बितेको छ । जोसँग तपाइँ प्रेम गर्नुहुन्छ उनीहरुलाई धेरै माया गर्नुस् । तपाइँ जस्तो जिन्दगी जिउन चाहनुहुन्छ त्यतै जिउनुस् । यो समय संसारमा सबै समस्याको साथमा आफ्नो र आफ्नो आसपास सबैको लागि दयालु रहनुहोस् ।’

प्रियंकाले अगाडि लेखेकी छिन् ‘मैले तपाइँहरुबाट जुन माया पाएँ त्यसको लागि आभारी छु । र, जब माया पाउँदिन त्यसको लागि पनि आभारी रहनेछु । आसपासका व्यक्तिहरुको लागि दयालु र विनम्र बन्नुहोस् । यो निकै जरुरी छ । यो जिन्दगी एक अनमोल उपहार हो ।’

प्रतिक्रिया दिनुहोस्