Logo

सावधान र सचेत रहनुहोला : छिमेकि देश भारतमा पनि भेटियो कोरोना भाइरस संक्रमित व्यक्ति ! (शेयर गर्नुहोला)

केहि समय अगाडी चीनबाट सुरु भएको कोरोना भाइरस भारतमा पनि पुगेको छ । केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको त्यहाँका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएको हो ।

भारतमा करिब पाँच सय बिरामीलाई निगरानीमा राखिएको छ । नेपालमा पनि एक विद्यार्थीमा यो भाइरसको लक्षण देखिएको छ । कोरोना भाइरसले चीनमा १७० को ज्यान लिइसकेको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्