Logo

बिदेशमा दुर्घटनामा निधन भयो भनेका भाइको लागि पशुपतिमा चिता तयार पारेर श:व त्रिभुवन बिमानस्थलमा लिन पुग्दा…

भुवन विमानस्थलमा आइतबार थाइ एयरमा आउने आफन्तलाई कुर्नेको भीडको कुनामा दुई दाजुभाई कुरा गर्दै थिए। घरीघरी आगमनतर्फको प्रतिक्षालयमा झु’ण्ड्याइएको मोनिटरमा विमानस्थलमा अवतरण भएको विमानको लिस्ट हेरिरहन्थे। त्यतिबेला मलेसिया र दुबईबाट आउने यात्रुको लाम थियो।

सवा १ बजे विमानस्थलमा थाइ एयर अवतरण भयो। दोलखा भिमेश्वर नगरपालिका–२ का गम्भीर र शिव श्रेष्ठ थाइ एयरलाई कुरिरहेका थिए। यही एयरमा उनका ३२ वर्षीय भाइ राजुको श व बाकसमा आउँदै थियो। चार दिन अगाडि उनको कार दुर्घटनामा निधन भएको थियो।

विमानस्थल पुग्नु भन्दा अघि भाइको लागि पशुपतिमा चिता तयार परिएको थियो। छोराको अन्तिम पटक अनुहार हेर्न ६६ वर्षीया आमा अमलापुरी श्रेष्ठ र ७३ वर्षीय बुवा विष्णुप्रसाद श्रेष्ठ दोलखाबाट चारदिन अघि नै काठमाडौं आइसकेका थिए।

छोराको श व राखेको बाकस घाटमा पुर्‍याउने बित्तिकै आमा अमलापुरी सम्हालिन सकिनन्। ‘छोरा बैशाखमा बुहारी र नाति लिएर आउँछु भनेर फोन गरेको थियो,’ उनले भनिन्, ‘बाकसमा पो आयो।’

मृतकका भिनाजु श्रवणकुमार श्रेष्ठ र श्रीमती सीता राईले राजुको श व बाकसमा हालेर नेपाल पठाए। तर, पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदा श्रीमती र छोरा भने आउन सकेनन्।सीता म्यानमारकी हुन्। उनले चाहेर पनि श्रीमानको दाहसंस्कारमा आउन सकिनन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

दश वर्षअघि क्लिनर भिसामा मलेसिया गएका राजु केही वर्ष कामदार भएर काम गरे। त्यसपछि आफैँ व्यापार गर्न थाले। विभिन्न कम्पनीका कामदारलाई खाना सप्लाई गर्ने श्रेष्ठले मलेसियामा रेष्टुरेन्ट समेत सञ्चालन गरेका थिए।

नेपाली कामदारलाई नै व्यवसाय जिम्मा लगाएर अन्तिम पटक ०७४ वैशाखमा नेपाल आए। तर, कामदारको दुर्घटना भएको खबर आए लगत्तै मलेसिया फर्किए। त्यसअघि नै म्यानमारकी नेपालीभाषी सितासँग उनको विवाह गरिसकेका थिए।

उनको १५ महिने छोरासहित श्रीमतीलाई आउँदो बैशाखमा स्वदेश फर्कने फोनमा आमा र आफन्तलाई सुनाएका थिए। उनको भक्तपुरको झौखेलमा साढे तीन तले घर बन्दैछ।‘बैशाखमा घर सर्ने गरी बुहारी लिएर आउने भनेका थिए,’ दाई ग’म्भीरले भने,‘हतार हतार गरेर घर निर्माण भइरहेको थियो। उनीहरु सबै आउने कुराले हामी पनि खुसी थियौ। त्यस अघि उनको श व आइपुग्यो।’

यसरि भएको थियो घटना :

मलेसियाको क्वालालम्पुर स्थित अन्तर्राष्ट्रिय एयरपोर्ट जाने राजमार्गमा गाडी दुर्घटना भएर दुई जना नेपालीको निधन भएको छ । दोलखा जिल्ला घर भएका तर पछिल्लो समय काठमाडौंमा घर बनाई बसोबास गर्दै आईरहेका राजु क्ष्रेष्ठ र सुर्खेत जिल्ला निवासी रमेश पोख्रेलको स्थानीय समय अनुसार बिहिवार बिहान ०५:३० बजे दुई वटा गाडी एकआपसमा ठोकिएर निधन भएको घटना बारे बुझ्न घटना स्थलमा पुगेका समाजसेवी ब्यावसायी फुर्वा दोर्जे मोक्तान तामाङले जानकारी गराउनु भयो।

मलेसिया स्थित निलाई भन्ने ठाउँमा गाैरि शंकर रेष्टुरेन्ट,क्यान्टिन सञ्चालन गर्दै आएका गाडीमा सवार राजु श्रेष्ठ र रमेश पाेखरेल बिहान करिब ०५:३० बजे कम्पनिमा काम गर्ने कामदारहरुलाई खाना पुर्याउन जाने क्रममा बिपरित दिशाबाट आएको लोरिले ठक्कर दिदा घटना स्थलमै दुई जनाको ठाउँको ठाउँ निधन भएको हो।

मृतकहरूकाे श’व अहिले पुत्राजाया स्थित अस्पतालमा पाेष्टमार्टमकाे लागि लगिएको छ। हाल श”वको पोष्ट्मार्टम भैईरहेको जानकारी प्राप्त भएको छ ।राजु बिगत ७,८ बर्ष देखी मलेसियामा रेष्टुरेन्ट ब्यावशाय गर्दै आएका थिए । घटनाको तस्विर तल हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्