Logo

कास्की प्रहरीका जवानहरु मदिरा सेवन गरेर ड्युटीमा, जाडो भएकाले पिउने गरेको स्वीकारोक्ति !

जिल्ला प्रहरी कार्यालय कास्की मातहत रहेको पोखराको तुलसीघाटको अस्थायी प्रहरी बिटमा साँझपख एक प्रहरी मादक पदार्थको नशामा चेकिङमा उत्रिएका छन । सो स्थानमा उनी साँझपखबाट ड्युटीमा उत्रिएका हुन् । साँझ करीब ६ बजेको समयमा प्रहरी बिटमा कार्यरत मिलन थापाले नजिकै रहेको मदिरा पसलबाट मदिरा सेवन गरेर ड्युटीमा खटिएका थिए ।

थापा मदिराको नशाले धानिन नसक्ने स्थितिमा थिए । उनको यस्तो स्थिति देखे पछि स्थानीयले न्यूज २४ लाई जानकारी दिएसंगै न्यूज २४ टोली उनलाई सोही प्रहरी बिटमा नशाको तालमा भेटेका थियो । उनले आफुले मादक पदार्थ सेवन गरेको स्वीकार गर्दै राति १२ बजेसम्म ड्युटी गर्नुपर्ने र चिसो भएका कारण नखाई बस्नै नसक्ने बताए ।

स्थानीयवासीले यहाँ ड्युटीमा खटिएको प्रहरी दिनहुँ यहि अवस्थामा रहने गरेको बताए । उनीहरुले प्रहरीको आलोचना गर्दै सुरक्षा दिनुपर्ने प्रहरीसंगै डराएर बस्नुपर्ने भन्दै गुनासो गरे । उक्त बिषयमा जिल्ला प्रहरी कार्यालय कास्की भने जानकार नै छैन । पोखराका स्थानीय भने चेकिङमा बस्ने प्रहरीहरु मध्ये केहीको अवस्था सँधै यस्तै हुने गरेको बताउछन् । तर केही बोले दुब्र्यवहार भन्दै उल्टै स्थानीयहरुसँग आक्रोश पोख्ने गरेका कारण प्रहरीको बिरुद्धमा केही भन्न सक्ने अवस्था नरहेको पनि उनीहरुको दुःखेसो छ ।

प्रतिक्रिया दिनुहोस्