Logo

यसकारण, दैनिक ६ प्रहरीले छाड्छन् जागिर ! जानी राखौ

नेपाल प्रहरीमा दैनिक ६ जनाले जागिर छाड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयकै पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार दैनिक ६ जनाले औषतमा जागिर छाड्ने गरेको पाइएको हो । जागिर छाड्नेमा हवल्दारको संख्या सबैभन्दा बढी छ । सरकारी सेवामा प्रहरीमा जागिर छाड्नेको संख्या अन्य निकायभन्दा बढी छ । बढ्दो निराशा, सेवा सुविधा, उत्तम अवसरका लागि जागिर छाड्ने क्रम बढेको प्रहरी स्रोतले जानकारी दिएको छआर्थिक वर्ष २०७४–७५ मा दुईहजार ५६४ जनाले सेवाबाट राजीनामा दिए ।

०७४–०७५ मा राजीनामा दिनेमा १३ सिनयर अधिकृत, जुनियर अधिकृत ४११, हवल्दार र जवान २१०९ र प्रहरी कार्यालय सहयोगी ३१ जना थिए । त्यतिबेला प्रहरीको कुल दरबन्दी ७२ हजार ७४४ थियो । जागिर छाड्नेको प्रतिशत ३ दशमलव ५२ देखिन्छ । उक्त आर्थिक वर्षमा दैनिक औषतमा जागिर छाड्नेको संख्या ७ जना देखिन्छ । आर्थिक वर्ष ०७५–०७६ मा यो संख्या बढेर तीनहजार ७३ पुगेको छ । जसमा सिनयर अधिकृत २४, जुनियर अधिकृत ४५६, हवल्दार–जवान दुईहजार पाँच सय ११ र प्रहरी कार्यालय सहयोगी ८२ थिए । ०७५–०७६ मा कुल प्रहरी दरबन्दी ७५ हजार ९२७ थियो ।

सो अवधिमा तीन हजार ७३ अर्थात् ४ दशमलव ०५ प्रतिशतले जागिर छाडे । जुन दैनिक ८ जना बढीले जागिर छाडेको देखिन्छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ७९ हजार ५२३ दरबन्दी रहेकोमा एकहजार ४१८ जनाले जागिर छाडेका छन् । जसमा हवल्दार र जवानको संख्या एक हजार ४३ छ । जुनियर अधिकृत ३३१, सिनियर अधिकृत १० र प्रहरी कार्यालय सहयोगी ३४ छन् । चालु आर्थिक वर्षको तथ्याङ्कअनुसार जागिर छाड्नेको प्रतिशत १ दशमलव ७८ देखिन्छ । जुन दैनिक ५ जना बढी हो ।

प्रतिक्रिया दिनुहोस्