Logo

५ रुपैयामा खाना बेच्दा अन्य होटल बाट आयो धम्कि….(भिडियो सहित)

५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै रहेकाे गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा कपडाले बेरेकाे एउटा स्टल रहेकाे छ । अगाडी पट्टी केही टेवल र कुर्सी पनि राखिएकाे छ । हाे यही स्थानमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना खान पाइन्छ ।

दमकका युवाहरुले बुधबारदेखि एउटा सकारात्मक अभियान सञ्चालन गरेका छन्।उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका हुन् ।

इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको हो । अभियानको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानको नेतृत्वमा समेत रहनु भएका लोकतान्त्रिक व्यवसायी संघ दमकका अध्यक्ष बबरजंग थापा किरणले थालनी गरेका छन् ।

४ दिनमा सहयोगी दाताहरुले खाना खाएर दिएको पैसा आज कुमार राइले दुवै मिर्गौला फेल भएर उपचार गर्दै गर्नु हुने बिरामीलाई काठमाडौँ पठाईदिनु भएको छ ,भिडियोमा जस्ताको तस्तै विवरण हेर्नुहोला

प्रतिक्रिया दिनुहोस्